सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । चलचित्र क्षेत्रमा लामो समय अभिनय गरेर योगदान दिएकी नायिका करिश्मा मानन्धर महानायिका घोषित भएकी छन् । शनिवार आरके ईन्टरटेन्टमेन्ट ग्रुपद्वारा आयोजित प्रतिभा सम्मान कार्यक्रममा उनी महानायिका घोषित भएकी हुन् ।
करिश्मा मानन्धर नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री र तथा चलचित्र र्निमात्री हुन्। उनी नेपाली रजतपटमा सबैभन्दा सुन्दर नायिकाका रूपमा समेत चिनिन्छिन । करिश्मा अहिले फिल्म निर्माणमा समेत सक्रिय छिन् । उनको पहिलो चलचित्र वि.सं. २०४२ सालमा बनेको सन्तान हो ।
महानायक राजेश हमाल र सूचना तथा प्रविधि सञ्चार मन्त्री पार्वत गुरुङले क्राउन तथा माला पहिराएर उनलाई महानायिका घोषित गरेका हुन् ।महानायिका घोषित भएपछि कलाको सम्मान गर्दै आफूलाई महानायिका घोषित भएकोमा नायिका करिश्माले खुसी व्यक्त गरेकी छन् । साथै उनले आयोजक टिमलाई पनि धन्यवाद दिएकी छन् ।
कार्यक्रममा महानायक राजेश हमाल, सूचना तथा प्रविधि सञ्चार मन्त्री पार्वत गुरुङ,वरिष्ठ चिकित्सक भोला रिजाल,चलचित्र निर्देशक तथा निर्माता नीर शाह,उज्यालो अभियन्ता कुलमान घिसिङ लगायतका व्यक्तिहरू उपस्थित भएका थिए ।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा