सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कास्की । जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले यही माघ २२ गते सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिन्छु भन्दै ठगी गर्ने १ जनालाई पोखराको अमर सिंह चोकबाट पक्राउ परेको छ । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका-१ घर भई हाल पोखरा महानगरपालिका-१४ चाउथे स्थित मेट्रो ड्राइभिङ स्कुल एण्ड प्रि टेष्ट सेन्टर प्राइभेट लिमिटेड सञ्चालन गरी बस्ने वर्ष ४९ को खगेन्द्र प्रसाद काफ्ले रहेका छन् ।
पक्राउ परेका उनले ‘मेरो यातायात कार्यालयको कर्मचारीसँग चिनजान छ, ट्रायल तथा टेष्टमा फेल भएमा समेत सजिलै लाइसेन्स निकालिदिन्छु’ भनी विभिन्न व्यक्तिहरूबाट ८९ हजार ६ सय २० रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।
निजको साथबाट प्रहरीले विभिन्न कागजपत्र, लाइसेन्स-३ थान, विभिन्न नमूना प्रश्नपत्र लगायतका सामाग्री समेत बरामद गेको छ । पक्राउ परेका निज उपर ठगी सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा