सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। प्लस् टु पछिको अध्ययन र अबसरको बारेमा जानकारी गराउन धेरै शैक्षिक मेला र सेमिनार हुने गरेको थियो। तर यस बर्ष कोरोनाको महामारीका कारण केही भर्चुअल काउन्सिलिङ प्रोग्राम आयोजना भएतापनि कोभिडको महामारीका कारण बिध्यार्थीहरूले प्रचुर सुचना समेत पाउन सकेको छैन। यसै बिषयमा केन्द्रित रहेर म्याक्स वे इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सी र करियर लिफ्टर्सले संयुक्त रूपमा प्रेस मिट तथा एजुकेटरस् मिट कार्यक्रमको आयोजना गरेको छ।
उक्त कार्यक्रममा म्याक्स वे इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीका मेनेजिङ डाइरेक्टर गम्भीर भगतले करियर काउन्सिलिङको महत्वका बारेमा जानकारी गराउनु भएको थियो।
एजुकेटरस् र प्रत्राकारहरू लाई जानकारी गराउदै AURO UNIVERSITY का रजिष्ट्रार अजय यादवले बिश्वबिद्यालय, संञ्चालीत कोर्स र शिक्षण पद्दतीको बारेमा जानकारी गराउनु भएको थियो।
बिश्व भर मान्यता प्राप्त शैक्षिक कार्यक्रम हरू सञ्चालन गरि रहेको मोदी युनिभर्सिटी र नेपाली बिध्यार्थी हरूलाई प्रदान गरिने सेवा सुविधा, क्षात्रबृतीका बारेमा डिजिएम प्रबिन झाले कलेजका प्रिन्सिपल, प्रोफेसर र पदाधिकारी हरूलाई जानकारी गराउनु भयो।
पत्राकार हरूको जिज्ञासामा सस्कृति युनिभर्सिटीका मार्केटिङ् मेनेजर मिस्टर पियुषले सस्कृति युनिभर्सिटीले नेपालमा आइ उत्कृष्ट करियर काउन्सिलिङको महत्वका बारेमा जानकारी गराइरहँदा बिध्यार्थी र कलेजबाट राम्रो रेस्पोन्स आएको र भविष्यमा पनि यस्तो कार्यक्रम आयोजना गर्न म्याक्स वे इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सी र करियर लिफ्टर्सले संयुक्त रूपमा निबेदन गर्नु भएको थियो।
ॠषीहुड युनिभर्सिटीका सिइओ तथा को-फाउन्डर सहिल अग्रवालले कार्यक्रम निकैनै जानकारी मुलक रहेको र पत्राकारहरूले यस बिषयलाई उच्च प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गर्न अनुरोध गर्नु भएको थियो। उहाँले भन्नुभयो “शैक्षिक परामर्श र करियर काउन्सिलिङको भिन्नता अझै बिध्यार्थीहरूले बुझ्न सकेका छैनन्, चार बटा बिश्वबिद्यालयले एकै साथ बिभिन्न बिषयमा केन्द्रित रहेर करियर काउन्सिलिङ गर्दा कलेज र बिद्यार्थीहरू सन्तुष्ट रहनु भयो। यो सफल अभियानमा साथ दिनुहुने सबैलाई धन्यवाद ब्यक्त गर्न चाहन्छु “।
प्रेस मिट तथा एजुकेटरस् मिट कार्यक्रममा काठमाडौँ बल्ड स्कुलका प्रिन्सिपल केसर बहादुर खुलाल, दि चादबाहक स्कुलका भाइस प्रिन्सिपल सोम राज पनेरू, कामना इन्टरनेसनल कलेजका क्याम्पस चिफ महेश श्रेष्ठ, शुभश्री एकेडेमीक इन्टरनेसनल कलेजका प्रिन्सिपल समीर शर्मा , काठमाडौं ग्लोबल स्कुलका फाउण्डर प्रिन्सिपल मनोज आचार्य , न्यु मिलेनियम कलेजका प्रिन्सिपल सुभाष चन्द्र जोशी, जुबिल्यान्ट कलेजका प्रिन्सिपल ॠषी प्रसाद न्यौपाने, मनास्लु बल्ड कलेजका चेयरम्यान ज्ञानेन्द्र लामा, टोखा नगरपालिका का प्रमुख शिक्षा अधिकृत बाबुराम गौतम लगायत प्याब्सन, एन प्याब्सनका प्रतिनिधि अभिभावकको बाक्लै उपस्थिति रहेको थियो।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा