सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चाका शीर्ष नेतासँग छलफल गरिरहेका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मोर्चाका नेता र प्रधानमन्त्रीबीच छलफल चलिरहेको छ। सरकारलाई आफ्ना माग पूरा गर्न एक हप्ताको अल्टिमेटन दिएको मोर्चाले आफ्ना माग पूरा नभएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मधेसी मोर्चाले आज आन्दोलनका कार्यक्रम घोषणा गर्दैछ। सरकारले मोर्चाको माग पूरा नगरेपछि मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मधेसी मोर्चाले आज आन्दोलनका कार्यक्रम घोषणा गर्दैछ। यो बीचमा सरकारले मोर्चाको माग पूरा नगरेपछि मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।
‘मोर्चाले दिएको समयभित्र माग पूरा नगरेपछि सरकारलाई दिएको समर्थन स्वतःफिर्ता भयो,’ मोर्चाका नेता केशव झाले भने, ‘अब आन्दोलनका कार्यक्रम घोषणा हुन्छ।’मोर्चाले भोलिदेखि सुरु हुने एसएसली परीक्षालाई मध्यनजर गर्दै ११ गतेसम्म भण्डाफोर कार्यक्रम गर्ने, १२ देखि चैत मसान्तसम्म प्रचारात्मक कार्यक्रम घोषणा गर्ने र वैशाखदेखि भने कडा संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ। त्यसकालागि मोर्चा सचिवालयको मंगलबार बसेको बैठकले आन्दोलनको खाका तयार पारेको छ।सचिवालको बैठकले तयार पारेको आन्दोलनको खाकालाई मोर्चाको आज बस्ने बैठकले अनितम रुपम दिने मोर्चाका एक नेताले जानकारी दिए।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा