सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । गायिका अञ्जु पन्त र थीर कोइराला चाडै नै बिवाह बन्धनमा बाँधिने भएका छन् । कोइरालाले यसबारे आफ्नो फेसबुक मार्फत आफूहरु पछिल्लो केही समयदेखि प्रेम सम्बन्धमा रहेको र निकट भविष्यमा एक हुने तयारी गरिरहेको बताएका छन् ।
बिहिबार अञ्जुसँगका दुईवटा तस्बिर सार्वजनिक गर्दै उनले शुभचिन्तकहरुको माया, प्रार्थना, सकारात्मक प्रतिक्रियाले अझ उत्साह मिलेको बताउदै भविश्यमा अझ धेरै माया, सद्भाव र शुभकामनाको अपेक्षा राखेको बताएका छन् ।
उनले लेखेका छन्, ‘अब तपाईहरुको खुल्दुली मेटाउने सायद यहि नै सहि समय होला भन्ने लाग्छ । तपाईले मिडियामा सुनेको खवर सत्य हो, हामी केही समयदेखि एकअर्काको प्रेम छौँ र निकट भविश्यमा नै एक हुने तयारीमा छौँ । कहिले र कहाँ भन्ने कुराको सबै जानकारी दिने नै छौँ । तपाईहरुको माया, प्रार्थना, सकारात्मक प्रतिक्रियाले हामीलाई अझ उत्साह मिलेको छ र भविश्यमा अझ धेरै माया, सद्भाव र शुभकामनाको अपेक्षा गर्दछौँ ।’
करिब १० वर्षअघि गायक मनोजराजसँग सम्बन्धविच्छेद गरेपछि अञ्जु छोरी परितोषिकासँगै बस्दै आएकी छिन् ।
https://www.facebook.com/thir.kc/posts/10158157181088507
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा