सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २ चैत । झापाबाट शुरु भएको एमालेको मेची–महाकाली राष्ट्रिय अभियान विभिन्न जिल्ला हुँदै आज बर्दिया जिल्ला पुगेको छ ।बर्दियाको राजापुरमा आज आमसभा हुनेछ । एमालेका केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार बर्दियाको राजापुर र कैलालीको टीकापुरमा आमसभा हुनेछ । टीकापुरको आमसभापछि एमालेको अभियानमा सहभागी नेता तथा कार्यकर्ताको बास लम्कीमा हुने श्रेष्ठले बताए ।
राजापुरतिर प्रस्थान गर्नु अघि गुलरियामा एमालेका नेता तथा कार्यकर्ताका लागि खानको व्यवस्था गरिएको छ । खानखाएर अभियानमा सहभागी टोली नौ बजे राजापुर प्रस्थान गर्ने श्रेष्ठले बताए ।दुबै आमसभाहरूलाई एमालेका शीर्ष नेताले सम्बोधन गर्ने छन् । राष्ट्रियता कमजोर भएको भन्दै एमालेले फागुन २१ गतेदेखि झापाको काँकडभिट्टबाट अभियान शुरु गरेको थियो ।सप्तरीसम्म आइपुग्दा अभियानलाई मधेसी मोर्चाका कार्यकर्ताले विथोल्ने प्रयास गरेपछि भएको प्रहरी–मोर्चाका कार्यकर्ता झडपमा चार जनाको ज्यान गएको थियो । त्यसपछि तीन दिनका लागि एमालेको अभियान रोकिएको थियो ।
पुनः हेटौँडाबाट शुरु भएको एमालेको राष्ट्रिय अभियानमा समर्थकहरूको अपार समर्थन देखिएको एमालेका नेताहरूले दाबी गर्दै आएका छन् ।यसअघि मंगलबार बाँकेमा विशेष कार्यक्रम गरेको एमालेलाई नेपालगञ्जमा मधेसी मोर्चाका कार्यकर्ताले अबरोधको प्रयास गरेका थिए । प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप भए पनि अप्रिय घटना भने हुन पाएको थिएन । एमालेको मेची–महाकाली राष्ट्रिय अभियान सुर्खेतमा समापन हुनेछ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा