सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बझाङ । बझाङमा भरूवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–४ स्थित टीका सामुदायिक वनबाट मङ्गलबार राति ११ः३० बजे एकनाले भरूवा बन्दुक, बारुद, केप, छर्रा, एउटा जङ्गली मरेको कालिज, टर्चलाइट र एक थान हँसियासहित छविसपाथिभेरा गाउँपालिका–३ का ४३ वर्षीय गणेश खवास र सोही ठाउँ घर भएका ५० वर्षीय निमु खवासलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीचौकी छबिसपाथी भेराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त हातहातियारसहित टीका सामुदायिक वन क्षेत्रभित्र फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए । पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा