सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँँ । डा. बाबुराम भट्टराईको जनता समाजवादी पार्टीका नेता तथा पूर्वसांसद शिवजी यादव प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गर्नुभएको छ ।
यादवलाई प्रधानमन्त्री ओलीले मंगलबार पार्टीमा स्वागत गर्नुभएको हो । जनतामा जाने ओलीको निर्णयलाई समर्थन गर्दै आफू उहाँसँग गएको यादवले बताउनुभयो । मुलुकलाई अस्थिरतामा धकेल्ने खेल भइरहेको छ। जनतामा जाने निर्णयलाई समर्थन गर्दै म नेकपामा आवद्ध भएको हो।मलाई पार्टीले जुन जिम्मावारी दिन्छ, त्यसमै रहेर काम गर्छु।
म पहिला पनि एमालेमै थिएँ,’ यादवले भन्नुभयो । महोत्तरीका यादव दोश्रो संविधान सभामा तत्कालीन समाजवादी फोरमका सांसद रहनुभएको थियो । २०६३ को मधेस आन्दोलनपछि उहाँ मधेसी जन अधिकार फोरममा आवद्ध हुनुभएको थियो । एमालेमा रहँदा उहाँ वुद्धिजिवी र प्रवास कमिटीमा रहनुभएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा