सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । आफूलाई श्वेता खड्कासहितले गालीगलौज र कुटपिट गरेको भन्दै अभिनेत्री सुष्मा कार्कीले प्रहरीमा उजुरी दिएकी छिन् ।अभिनेत्री श्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट गरेको भन्दै कार्की दरबारमार्ग प्रहरी समक्ष उजुरी लिएर पुगेकी हुन् ।
कार्कीले आफूमाथि कुटपिट र दुर्वयवहार भएकोले कारवाहीका लागि उजुरी लिएर गएको बताइन् । छलफलका लागि प्रहरीले आरोपित पक्षलाई पनि दरवारमार्ग बोलाएको जनाएको छ । लन्डन पब क्याफेमा पुगेका बेला आफूमाथि कुटपिट भएको उनको जिकिर छ । उक्त कुटपिटको भिडियोसमेत प्रहरीलाई बुझाइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा