सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली सेनाका बख्तरबन्द गाडीले सोमबार राति चक्रपथ परिक्रमा गरेका छन्। राति १० बजेपछि सेनाका १० वटा गाडी हतियारजडित गाडी सडकमा निस्किएका थिए। काठमाडौंको सीतापाइलाबाट यी गाडीहरू निस्किएका हुन्।
सेनाले यसलाई आफ्नो नियमित अभ्यास भनेको छ। सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले नियमित सैन्यअभ्यासअन्तर्गत पहिले नै निर्धारित गतिविधि भएको जनाइसकेका छन्।
बख्तरबन्द गाडीहरू राति दश बजेपछि सितापाइलस्थित युद्ध कवच गण ब्यारेकबाट कर्णेल देवन्द्र खड्काको नेतृत्वको टोलीले एकसाथ निस्केका थिए र उनीहरूले चक्रपथको चक्कर चक्कर हिडेका थिए ।
दिउँसोको समयमा ट्राफिक जाम हुने भएपछि सेनाले आफ्ना बख्तबरन्द रातिको समयमा सडकमा निकालेको जनाएको छ । यसका लागि ट्राफिक प्रहरीसँग सेनाले समन्वय गरेको थियो ।
वर्तमान विकसित राजनीतिक घटनाक्रममा सेनाका बख्तरबन्द गाडी यसरी सडकमा निस्कनुले बिभिन्न ब्यक्तिले बिभिन्न बिचार राखेपनि सेनाले यसलाई ‘नियमित अभ्यास’ भनेको छ ।
पहिला पनि काठमाडौंको चोभारबाट सीतापाइलासम्म साताको दुई दिन बिहान ट्राफिक जाम नभएको बेला अभ्यास गरिने गरेको सेनाले जानकारी दिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा