सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले म्यानमारकी नेतृ आङ सान सुकीलाई तत्काल रिहा गर्न म्यानमारको सेनालाई आग्रह गरेका छन् ।
देउवाले सोमबार ट्वीट गर्दे निर्वाचित सरकार पुनर्स्थापना गर्न म्यानमारको सेनालाई आग्रह समेत गरेका छन् ।
उनले ट्विटरमा लेखेका छन् , “आङ सान सूचीलाई तत्काल रिहा गर्नुका साथै निर्वाचित सरकार पुनर्स्थापना गर्न नेपाली काँग्रेस म्यानमारको सेनालाई आग्रह गर्दछ ।”
म्यानमारको सेनाले सोमबार बिहान म्यानमारका राष्ट्रपति वुइन मिन्ट, नेतृ आङ सान सुचीलगायतका शीर्ष राजनीतिक दल र सरकारी अधिकारीहरुलाई गिरफ्तार गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा