सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी। कोरोना भाइरसका कारण पुरुषको प्रजनन् क्षमतामा असर पर्ने एक अध्ययनले देखाएको छ । कोरोना भाइरसबाट गम्भीर विरामी परेका पुरुषको वीर्यको गुणस्तरमा असर पुग्ने रिप्रडक्शन जर्नलमा प्रकाशित एक अध्ययनले देखाएको छ ।
कोभिड–१९ संक्रमित पुरुष र स्वस्थ पुरुषको वीर्य जाँच गर्दा स्वस्थ पुरुषको तुलनामा संक्रमित पुरुषको शुक्रकिट केही जलेको, फुलेको जस्तो असामान्य रुपमा फेला परेको अध्ययनले जनाएको छ । कोभिड–१९ संक्रमणले वीर्यको गुणस्तर र पुरुष प्रजनन् क्षमतालाई प्रभावित पार्दछ ।
त्यसबीचमा कोरोनाबाट संक्रमित व्यक्तिको शुक्रकिट स्वस्थ व्यक्तिको तुलनामा केही जलेको जस्तो, सुन्निएको जस्तो पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । शुक्राणु काे एकाग्रता, गतिशीलता र आकार पनि भाइरसबाट नकारात्मक रुपमा प्रभावित बनेको एजेन्सीले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा