सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ३८२ जनाको पीसीआर परीक्षण गर्दा थप २८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ३७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार २८६ रहेको छ ।
पछिल्लो २४ घण्टामा २४६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६५ हजार ६९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार २० पुगेको छ।
यस्तै हालसम्म १२२ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म २० लाख ५७ हजार ६९ जनाको पीसीआर परीक्षण गरिएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा