सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नवलपरासी पूर्व । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको प्रहरी टोलीले यही माघ १३ गते ठूलो मात्रामा लागूऔषध ओसारपसारमा संलग्न रहेको अभियोगमा ४ जना व्यक्तिलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
जिल्ला नवलपरासी विनयी त्रिवेणी नगरपालिका-१ दुम्किवास बजारस्थित पूर्व पश्चिम राजमार्गमा चेकिङमा खटिएको प्रहरी टोलीले भैरहवाबाट काठमाण्डौ आउँदै गरेको लु२ख७८१ नं.को बसमा सवार जिल्ला मोरङ बिराटनगर नगरपालिका-६ बस्ने वर्ष १९को विशाल ऋशिदेब (मुसहर)को साथबाट नुर्फिन ३९८, फेनारगन ३९८ र डाईजापाम ३९८ गरी जम्मा ११९४ एम्पुल लागूऔषध बरामद गरेको छ ।
त्यस्तै सोही स्थानमा नै चेकिङका क्रममा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको ना३ख ३४६४ नं.को बसमा सवार जिल्ला तनहूँ ब्यास नगरपालिका-१ बस्ने वर्ष २७को मिन बहादुर थापा मगरको साथबाट नुर्फिन २८, फेनारगन २८ र डाईजापाम २८ गरी जम्मा ८४ एम्पुल बरामद गरेको छ ।
साथै जिल्ला कै कावासोती नगरपालिका-१६ चालिस किलोको जंगलमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको ग १ ख ९९८८ नं.को बसमा चेकजाच गर्ने क्रममा बसमा सवार जिल्ला चितवन रत्ननगर नगरपालिका-२ बस्ने वर्ष २०को अनुरुप अधिकारी र जिल्ला धादिङ जलजला गाँउपालिका ५ बस्ने वर्ष १७को सन्दिप अधिकारीको साथबाट नुर्फिन १७, फेनारागन १७, डाइजापाम १७ गरी जम्मा ५१ एम्पुल लागूऔषध फेलापारी निजहरुलाई नियन्त्रणमा लिईएको छ ।
प्रहरीले निज ४ जना व्यक्तिहरुको साथबाट जम्मा १३२९ एम्पुल लागूऔषध बरामद गरेको हो । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा