सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । कोभिड –१९ को विरुद्धको ‘कोभिशिल्ड’ खोप अभियान आजदेखि सुरु हुँदैछ । काठमाण्डौ उपत्यकाका १७ वटासहित देशभर १ सय २० केन्द्रबाट खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १० बजे खोपको भर्चुअल शुभारम्भ गर्नुहुनेछ ।
कोभिड –१९ को विरुद्धको ‘कोभिशिल्ड’ खोप काठमाडौं उपत्यकामा १७ खोप केन्द्रबाट दिइने भएको छ।
काठमाडौं उपत्यकामा १७ अस्पताललाई खोप केन्द्र बनाइएको स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका निर्देशक डा. झलक शर्मा गौतमले जानकारी दिए। उनका अनुसार काठमाडौं १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहने छन्।
काठमाडौंमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौं मेडिकल कलेज जोरपाटी, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, सशस्त्र प्रहरी बलम्बु अस्पताल, शहीद गंगालाल अस्पताललगायत छन्। ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, किष्ट मेडिकल कलेज र आनन्द वन अस्पतालमा खोप केन्द्र रहने छन्।
यस्तै, भक्तपुरमा भक्तपुर अस्पताल र कोरियामैत्री अस्पताल रहने छन्। खोप केन्द्र बनाइएका उपत्यकाका अस्पतालको निरीक्षणसमेत गरिएको डा। गौतमले बताए। खोपको शुभारम्भ समारोहमा सातै प्रदेशमा रहेका ६२ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकै साथ खोप दिइने छ। यस्तै, माघ १८ गतेभित्र ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत खोप प्रदान गरिने खोप शाखाको तयारी छ।
भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा खोप नेपाल ल्याइएको हो। खोप शाखाका निर्देशक डा. गौतमले सबै प्रदेशमा खोप पुगिसकेको बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणको खोप अभियान सुरु गरेको १० दिनभित्र अभियान सम्पन्न गर्ने छ। सो चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिने छ।
सरकारले पहिलो चरणको खोप सक्नुभन्दा अगाडि अर्को चरणको खोप लगाउनका लागि खोप ल्याउने तयारीमा रहेको छ। मन्त्रालयले खोपको समुचित प्रयोग गर्न र खेर जान नदिन आफूले नियमितसमेत गर्ने छ।
कोभिशिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका नामक औषधि उत्पादक कम्पनीले संयुक्त रुपमा विकास गरेका हुन्। भारतको सेरम इस्सिच्युटले खोप उत्पादन गरेको हो।
लक्षित समूहले मात्र खोप पाएको यकिन गर्नका लागि सम्बन्धित संस्थाले खोप पाउने व्यक्तिको सूची सार्वजनिक गर्ने व्यवस्था मन्त्रालयले गरेको छ। खोप केन्द्र रहेको संस्था र स्वास्थ्य कार्यालयका प्रमुखले सूची सार्वजनिक गर्नुपर्ने हुन्छ। खोपको अनुगमन जिल्ला कोभिड–१९ खोप समन्वय समितले गर्ने छ।
क–कसले पाउँछन् खोप ?
पहिले चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर संकलन तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइने छ।
नेपालमा अहिले कोभिड–१९ को संक्रमण दुई लाख ६९ हजार ७८९ जनामा देखिएको छ। सङ्क्रमणबाट दुई हजार ११ जनाको निधन भइसकेको छ।
समस्या देखिए पनि पाइँदैन क्षतिपूर्ति
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड १९ विरुद्धको खोप लगाएपछि कुनै गम्भीर स्वास्थ्य समस्या भए, अंगभंग भएमा या मृत्युमा भएमा खोप दिने निकाय वा संस्थाले क्षतिपूर्ति दिनुपर्ने छैन । कोरोना विरुद्धको खोप नयाँ र आपतकालीन प्रयोगको लागि भएकाले कम्पनीले क्षतिपूर्ति नतिर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । क्षतिपूर्ति मागदाबी गरेको खण्डमा भ्याक्सिन उपलब्ध गराउन सक्दैनौं भनेर भ्याक्सिन उत्पादक कम्पनीहरुले निर्णय गरेकाले सरकारले खोपका कारण कुनै अवाञ्छित घटना भए कुनै पनि खोप उत्पादक कम्पनी, आयातकर्ता र वितरकलाई क्षतिपूर्ति नतिराउने निर्णय गरेको परिवार कल्याण महाशाखाका प्रमुख डा तारानाथ पोखरेल बताउनुभयो । उहाका अनुसार ‘खोप लगाए पश्चात गम्भीर असर देखिए क्षतिपूर्ति मागदाबी गर्दैनौं’ भनेर नेपाल सरकारले निर्णय गरेर खोप उत्पादक कम्पनीलाई लिखित प्रतिबद्धता पत्र पठाएको थियो । सरकारले सो पत्र पठाएपछि नै नेपालमा खोप आएको उहाँले बताउनुभयो । खोप ऐनको २०७२ को दफा २८ मा उपचार तथा क्षतिपूर्तिसम्बन्धी व्यवस्था गरिएको छ । जसमा खोपले गम्भीर असर गरेको खण्डमा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ । जसमा भनिएको छ,
— कुनै खोप लगाएकै कारणबाट खोप लिएको व्यक्तिको स्वास्थ्यमा गम्भीर असर परेको कुरा अनुसन्धान समितिले ठहर गरेमा सो खोप जुन निकाय वा संस्थाबाट दिइएको हो सो निकाय वा संस्थाले त्यस्तो व्यक्तिको उपचार गरी क्षतिपूर्तिसमेत दिनुपर्नेछ ।
— कुनै खोप लगाएकै कारणबाट कुनै व्यक्तिको अंग भंग भई गम्भीर प्रकारको शारीरिक क्षति पुगेको वा निजको मृत्यु भएको कुरा अनुसन्धान समितिले ठहर गरेमा समितिले अंग भंग भएकोमा निज स्वयंलाई र मृत्यु भएकोमा निजको नजिकको हकवालालाई त्यस्तो खोप दिने निकाय वा संस्थाबाट क्षतिपूर्ति उपलब्ध गराइदिनुपर्नेछ ।
खोप उत्पादक कम्पनीले नै क्षतिपूर्ति नव्यहोर्ने भनेर सर्त राखेकाले ऐनको प्रावधान लागू हुने छैन ।
खोप कमिटीका संयोजक डा. श्यामराज उप्रेतीका अनुसार कोभिड विरुद्धको खोप नयाँ भएकाले प्रयोगमा समस्या देखिए उत्पादक कम्पनीलाई सम्बन्धित देशले मुद्धा नहाल्ने शर्तमा मात्रै खोप दिइएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा