सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँँ । प्रधानमन्त्री केपी ओली शर्माले कोरोना विरुद्धको खोप अभियानको शुभारम्भ भोलि बुधबार १० बजे बाट टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
कोरोना विरुद्धको पहिलो खोप टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारी र दोस्रो खोप पहिलो कोरोना संक्रमितदेखि अहिलेसम्म कोरोनाका बिरामी हेरिरहनु भएका अस्पतालका प्रमुख कन्सलटेन्ट डा. अनुप बाँस्तोलाले लगाउने कार्यक्रम रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले जानकारी दिएका छन्।
डा. राजभण्डारीका अनुसार भोलि देशभरका ६२ अस्पताल र १२० वटा खोप केन्द्रबाट खोप अभियान सुरु हुनेछ ।
यो अभियान सुरु भएको एक हप्ताभित्र सम्पन्न गर्ने योजना सरकारको रहेको छ।
काठमाडौं उपत्यकामा भने १४ वटा प्रमुख अस्पतालबाट खोप लगाइनेछ ।
उपत्यकाबाट खोप दिइने १४ अस्पतालहरु :
काठमाण्डौँ
१. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु
२. वीर अस्पताल
३. आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल, कीर्तिपुर
४. सशस्त्र प्रहरी बलम्बु अस्पताल
५. परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल
६. त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज
७. शहिद गंगालाल अस्पताल
८. शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र
९. काठमाडौं मेडिकल कलेज, जोरपाटी
ललितपुर
१०. पाटन अस्पताल
११. आनन्द वन अस्पताल
१२. किष्ट मेडिकल कलेज
भक्तपुर
१३. भक्तपुर अस्पताल
१४ कोरियामैत्री अस्पताल, ठिमि
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा