सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं– नेपाली बजारमा मंगलबार पहेंलो धातु सुनको मूल्य सामान्य बढेको छ । छापावाला सुन तोलामा ४०० रुपैयाँले बढेर ९२ हजार ८०० पुगेको छ । छापावाल सुन सोमबार तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै, तेजाबी सुन तोला पनि तोलामा ४०० ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार तोलामा ९१ हजार ९०० मा कारोवार भएको तेजाबी सुन मंगलबार भने तोलामा ९२ हजार ३०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । सोमबार तोलामा एक हजार २६० मा कारोवार भएको चाँदी मंगलबार एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा