• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन २२, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • काँग्रेस प्रतिपक्षमै बस्नुपर्छ : नेता केसी

      कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि

      जोरायलका जङ्गलमा आगलागी

      अपाङ्गको प्रतिभा निखार्न ‘मिस एण्ड मिसेज डिश्याबिलिटी क्वीन’ हुने

      २४ घण्टामा १२० नयाँ संक्रमित थपिए, ८३ ले गरे स्वास्थ्य लाभ

      संसदीय दलको नेतामा प्रचण्ड चयन

      तीन बुँदे सहमति पालना गर्छौं : विप्लव

      सरकार र ‘विप्लव’ नेकपाबीच तीन बुँदे सहमतिमा हस्ताक्षर

      लोमान्थाङमा सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन

      सरकार र चन्द समूहबीचको वार्ताले कालीकोटवासी उत्साहित

      काँग्रेस सरकारमा जानु हुँदैनः नेता सिंह

      बालुवाटारमा प्रधानमन्त्री ओली र विप्लवबीच भेटवार्ता

      ५० मेगावाटका चार जलविद्युत् आयोजना निर्माणाधीन

      भारतीय युवकको शव आफन्तलाई बुझाइने

      हेटौँडामा मयुरधाप औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढ्यो

    होमपेज /  मुख्य समाचार

    नागरिक आन्दोलनमा बर्बरतापूर्वक दमनको बिरोध गर्दै तेश्रो जनआन्दोलनको घोषणा

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७७ माघ १३, मंगलबार (१ महिना अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा उत्रेका नागरिकहरुमाथि सरकारले बर्बरतापूर्वक दमन गरेपछि नागरिक समाजका अगुवाहरुले तेश्रो जनआन्दोलनको घोषणा गरेका छन् ।

    बृहत् नागरिक आन्दोलनका तर्फबाट विज्ञप्ति जारी गर्दै लेखक तथा विश्लेषक युग पाठकले सबैखाले राजनीतिक एवम् साँस्कृतिक प्रतिगमनविरुद्ध तेस्रो जनआन्दोलन घोषणा गरिएकाे जनाएका छन्।

    उनले साेमबार नागरिकले गरेको शालीन र शान्तिपूर्ण अभियानलाई प्रहरीले नै बलजफ्ती मुठभेडमा परिणत गरेको दाबी गरेका छन्। भेलामा सहभागी नागरिकहरूमाथि प्रहरीले प्रहार गरेको लाठी र पानीको फोहोराबाट दर्जनौँ नागरिकहरू घाइते भएका छन्।

    उनकाअनुसार घाइतेमध्ये संघर्ष दाहाल, कुमार बर्तौला, सिएन थारु, स्वर्णिम दिनेश, राम नरेश यादव, प्राध्यापक रमेश भट्टराई लगायतको उपचार गरिएको छ। केहीकाे भने अझै हाेस आउन सकेको छैन।

    सोमबारका दिन प्रदर्शनका क्रममा प्रहरीले आन्दोलनकर्मीमाथि चर्को दमन गरेको थियो ।

    विज्ञप्तिः

    प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिगमनविरुद्ध जारी वृहत् नागरिक आन्दोलनको क्रममा आज भएको शान्तिपूर्ण भेलामा सरकारले निर्मम दमन गरेको छ। भेलामा सहभागी नागरिकहरूमाथि प्रहरीले प्रहार गरेको लाठी र पानीको फोहोराबाट दर्जनौँ नागरिकहरू घाइते भएका छन्। घाइतेमध्ये संघर्ष दाहाल, कुमार बर्तौला, सिएन थारु, स्वर्णिम दिनेश, राम नरेश यादव, प्राध्यापक रमेश भट्टराई लगायतको काठमान्डु मोडल अस्पताल, हेल्पीग ह्यान्ड्स र हिमाल हस्पिटलमा उपचार गरिएको छ । गम्भीर घाइते भएका निर्गराज जैसी, जनक ढुङ्गाना, सुरज तामाङ, कुलदिप शर्मा, सुनिल श्रेष्ठ र गोविन्द भण्डारी शिक्षण अस्पतालमा उपचाररत छन्। यो विज्ञप्ति तयार पार्दासम्म जैसीको होस आएको छैन।

    आन्दोलनका विभिन्न चरणमा भएका कार्यक्रमलाई निरन्तरता दिने क्रममा आज कमलपोखरीबाट मार्च पास गर्दै प्रधानमन्त्री निवास, बालुवाटार पुग्ने र कोणसभा आयोजना गर्ने पूर्वघोषित कार्यक्रम थियो। कमलपोखरीको प्राकृतिक संरचना र महत्त्व निमिट्यान्न हुने गरी कंक्रिटका संरचना बनाउने उपक्रमलाई समेत विरोध गर्दै प्रधानमन्त्रीलाई नागरिकको प्रतिरोधी आवाज सुनाउने उद्देश्यले सो मार्च पासको आयोजना गरिएको थियो।

    कमलपोखरीबाट माटोको टीका लगाएर नागरिकहरू बालुवाटारतर्फ मार्च गरेका थिए। प्रधानमन्त्री निवासबाट करीब पाँच सय मिटरवरै भाटभटेनी पीपलबोटमा प्रहरीले ब्यारिकेड राखेर नागरिक आन्दोलनकारीलाई रोकेको थियो। पीपलबोटमा आयोजना गरिएको कोणसभालाई डा गोविन्द केसी, खगेन्द्र सङ्ग्रौला, मोहना अन्सारी र नारायण वाग्लेले सम्बोधन गरेका थिए । प्रदीप देवानले गीत प्रस्तुत गरे भने प्रणिका कोयूले कविता वाचन गरेकी थिइन्। शिल्पी थिएटरले सडक नाटक तथा विमिन इन पोलिटिक्सले प्रदर्शन गरेको थियो। कोणसभापछि शान्तिपूर्ण रुपमा अघि बढेको जुलुसलाई प्रहरीले एक्कासी लाठी र पानीको फोहोरा प्रहार गर्‍याे।

    शान्तिपूर्ण भेला र मार्चमा भएको प्रहरी दमनले केपी शर्मा ओली नेतृत्वको हताश मनोदशा र दमनकारी चरित्र उजागर गरेको छ। निहत्था नागरिकहरूले शान्तिपूर्ण आन्दोलन गर्ने लोकतान्त्रिक हक उपयोग गर्दै विधि र पद्धति कायम गर्न माग गरेका थिए, ओली समेतको संलग्नतामा लेखिएको संविधानको मर्म सम्झाउने प्रयत्न गरेका थिए, र हरण गर्न खोजिएको लोकतन्त्रको संवद्र्धनका लागि शान्तिपूर्ण आह्वान गरेका थिए। नागरिकले गरेको शालीन र शान्तिपूर्ण अभियानलाई प्रहरीले नै बलजफ्ती मुठभेडमा परिणत गरेको थियो। यस सरकारी रवैयाको वृहत् नागरिक आन्दोलन घोर भत्र्सना गर्दछ। यसै विज्ञप्तिमार्फत् सबैखाले राजनीतिक एवम् साँस्कृतिक प्रतिगमनविरुद्ध वृहत् नागरिक आन्दोलन तेस्रो जनआन्दोलन घोषणा गर्दछ।

    वृहत् नागरिक आन्दोलनका तर्फबाट

    युग पाठक

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    २४ घण्टामा १२० नयाँ संक्रमित थपिए, ८३ ले गरे स्वास्थ्य लाभ

    संसदीय दलको नेतामा प्रचण्ड चयन

    तीन बुँदे सहमति पालना गर्छौं : विप्लव

    बालुवाटारमा प्रधानमन्त्री ओली र विप्लवबीच भेटवार्ता

    हेटौँडामा मयुरधाप औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढ्यो

    विप्लव काठमाडौं आइपुगे

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    काँग्रेस प्रतिपक्षमै बस्नुपर्छ : नेता केसी

    कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि

    जोरायलका जङ्गलमा आगलागी

    अपाङ्गको प्रतिभा निखार्न ‘मिस एण्ड मिसेज डिश्याबिलिटी क्वीन’ हुने

    २४ घण्टामा १२० नयाँ संक्रमित थपिए, ८३ ले गरे स्वास्थ्य लाभ

    २४ घण्टामा १२० नयाँ संक्रमित थपिए, ८३ ले गरे स्वास्थ्य लाभ

    संसदीय दलको नेतामा प्रचण्ड चयन

    तीन बुँदे सहमति पालना गर्छौं : विप्लव

    बालुवाटारमा प्रधानमन्त्री ओली र विप्लवबीच भेटवार्ता

    हेटौँडामा मयुरधाप औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढ्यो

    काँग्रेस प्रतिपक्षमै बस्नुपर्छ : नेता केसी

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    ओरालो लाग्यो सुनको मूल्य

    ज्योति लाइफको ६६ लाख कित्ता आइपिओ बिक्री खुला, कति दिने आवेदन ?

    बुद्ध एयरले जनकपुर–अयोध्या उडान गर्ने

    सुदूरपश्चिम प्रदेश जलविद्युत् आयोजनाको हब बन्दै

    तोलामा १ हजारले घट्यो सुनको भाउ

    सेतोखबर बिशेष

    सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने

    सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते विप्लवले सार्वजनिक समारोहलाई सम्बोधन गर्ने काठमाडौं- नेपाल सरकार र विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट...  विस्तृतमा

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑