• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन २२, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • काँग्रेस प्रतिपक्षमै बस्नुपर्छ : नेता केसी

      कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि

      जोरायलका जङ्गलमा आगलागी

      अपाङ्गको प्रतिभा निखार्न ‘मिस एण्ड मिसेज डिश्याबिलिटी क्वीन’ हुने

      २४ घण्टामा १२० नयाँ संक्रमित थपिए, ८३ ले गरे स्वास्थ्य लाभ

      संसदीय दलको नेतामा प्रचण्ड चयन

      तीन बुँदे सहमति पालना गर्छौं : विप्लव

      सरकार र ‘विप्लव’ नेकपाबीच तीन बुँदे सहमतिमा हस्ताक्षर

      लोमान्थाङमा सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन

      सरकार र चन्द समूहबीचको वार्ताले कालीकोटवासी उत्साहित

      काँग्रेस सरकारमा जानु हुँदैनः नेता सिंह

      बालुवाटारमा प्रधानमन्त्री ओली र विप्लवबीच भेटवार्ता

      ५० मेगावाटका चार जलविद्युत् आयोजना निर्माणाधीन

      भारतीय युवकको शव आफन्तलाई बुझाइने

      हेटौँडामा मयुरधाप औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढ्यो

    होमपेज /  प्रदेश नं.१

    झापामा लागुऔषध नियन्त्रणमा समस्या

    रासस

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७७ माघ १२, सोमबार (१ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    सुरुङ्गा । पन्ध्रवटा स्थानीय तह रहेको झापमा लागुऔषध प्रयोगकर्तालाई सुधारका लागि राख्ने १८ वटा पुनःस्थापना केन्द्र छन् । आठ नगरपालिकासहित १५ स्थानीय तहमध्ये सबैभन्दा बढी पाँच वटा पुनःस्थापना केन्द्र बिर्तामोड नगरपालिकामा छन् ।

    एउटा सुधार केन्द्रमा कम्तीमा ३० जनालाई राखिएको नेपाल लागुऔषध पुनःस्थापना सङ्घका केन्द्रीय अध्यक्ष राजु गिरीको भनाइ छ । “पछिल्लो समय १७ देखि २५ वर्ष उमेर समूहका युवा कुलतमा फसेको देखिन्छ”, अध्यक्ष गिरीले भने, “लागुऔषध सेवनले छोराछोरी बिग्रिए भन्दै सुधार केन्द्र धाउनेको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । समयमै सबै सचेत नहुने हो भने लागुऔषधको कुलतले झापामा मात्र होइन देशभर नै भयावह स्थिति आउँछ ।” झापामा महिलालाई राख्न छुट्टै पुनःस्थापना केन्द्र भने छैनन् ।

    जिल्ला प्रहरी कार्यालय झापाको पछिल्लो तथ्याङ्कअनुसार गत वर्ष २०७६ को पुस ९ गतेदेखि २०७७ को पुस ९ गतेसम्म एक वर्षको अवधिमा ११ जना महिला लागुऔषध सेवन र कारोवारमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् । एक वर्षभित्र लागुऔषधका १३२ वटा मद्दा दर्ता हुँदा ११ महिला र २३६ पुरुष पक्राउ परे । प्रहरीको एक वर्षको तथ्याङ्कलाई आधार मान्दा ब्राउनसुगरको कारोवार अधिक हुने गरेको देखिन्छ । प्रहरीले यो अवधिमा एक हजार ५१२ ग्राम १८५ मिलिग्राम ब्रउनसुगर बरामद गरेको छ ।

    ब्राउन सुगरपछि झापामा सबैभन्दा धेरै अफिम पक्राउ परेको छ । एक वर्षमा प्रहरीले एक केजी ५०० ग्राम अफिम मात्रै बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए । चालू आर्थिक वर्षको पनि गत पुस महिनायता मात्रै जिल्ला प्रहरी कार्यालय झापाले जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले ब्राउनसुगरसहित अफिम, सिम्पलेक्स, गाँजा, नाइट्रोजन, हाइड्रोक्लोराइड, लुपिजेसिक, डाइजापाम, फेनारगनलगायतका लागुऔषध बरामद गरेको छ ।

    भारतको पश्चिम बङ्गाल र विहार राज्यसँग १४४ किलोमिटर खुला सिमाना जोडिएको झापामा लागुऔषध भित्र्याउन सहज छ । भारतीय सीमावर्ती बजार गलगलीया, पानीट्याङ्की, नक्सलवाडी, दिघलबैंक, खोरीबारी जस्ता ठाउँबाट खरीद गरिएको लागुऔषध कारोवारीले सहजै नेपाल भित्र्याउँदै आएका छन् । पूर्वी नाका काँकरभिट्टासहित भद्रपुर, सतीघट्टा, टाघनडुब्बा, गौरीगञ्ज जस्ता ठाउँमा प्रहरी चेकपोष्ट राखिए पनि कोरोवारीले प्रहरीको आँखा छल्दै ससाना गल्ली र चोर बाटोबाट सहजै लागुऔषध नेपाल भित्र्याउने गरेको बताइएको छ ।

    लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाले प्रहरीसँग सहकार्य गर्दै अहिले झापाका विभिन्न स्थानबाट लागुऔषधसहित स्वदेशी र विदेशी नागरिक धमाधम पक्राउ गरिरहेको छ तर प्रहरीले जति सक्रियता बढाए पनि लागुऔषधको कारोवार घटेको देखिँदैन । लागुऔषध नियन्त्रणका लागि प्रहरीले समुदायस्तरमा प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्नखाले चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । अझ विद्यालयस्तरमा पुगेर प्रहरीले कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गर्दै झापाका सबैजसो विद्यालयमा लागुऔषध दुब्र्यसनविरुद्धका कार्यक्रम सञ्चालन गरे पनि लागुऔषधको अवैध कारोवार रोकिएको छैन । कतिपय अवस्थामा पक्राउ परेकामध्ये लागुऔषध कारोवारी विद्यार्थी नै हुने गरेको बताइएको छ ।
    कोभिड– १९ का कारण नेपाल भारत दुई देशबीच अझै पनि सीमानाका बन्द छ तर लागुऔषधसहित दिनहुँ मानिस पक्राउ पर्नुले सीमानाका बन्द भए पनि लागुऔषध ओसारपसारमा कुनै कमी नआएको सहजै अनुमान गर्न सकिन्छ । झापामा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको जनगुनासो आएपछि जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो समय लागुऔषध नियन्त्रणमा उच्च सतर्कता अपनाएको छ । जिल्ला प्रहरी कार्यालय मातहतमा सबै प्रहरी युनिटलाई जाँचमा कडाइ गर्दै लागुऔषध नियन्त्रणका लागि विशेष ध्यान दिन दिर्नेशन दिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए । उनले भने, “समाजमा शान्ति सुव्यवस्था कायम राख्नका लागि पनि मेरो पहिलो प्राथमिकता भनेकै झापामा लागुऔषध नियन्त्रणका क्षेत्रमा काम गर्नु हो ।”

    विशेष गरी पूर्वीनाका काँकरभिट्टामा लागुऔषध नियन्त्रणकै क्षेत्रमा काम गर्न लागुऔषध नियन्त्रण ब्युरो छ तर ब्युरोले उपकरण नहुँदा अहिलेसम्म छामछुमकै भरमा काम गर्दै आएको जनाएको छ । ब्युरोका प्रमुख किशोर श्रेष्ठले लागुऔषध नियन्त्रणका लागि आफूहरुले काम गर्दा हुलिया, हाउभाउ, पहिरन, हिँडाइ र सुराकीको आधारमा छामछुम गर्दै जाँच गर्दा लागुऔषध फेला पार्ने गरेको बताए ।

    लागुऔषध छ या छैन भन्ने कुरा पत्ता लगाउने कुनै उपकरण नहुनु र ब्युरोमा महिला प्रहरीसमेत नहुँदा जाँचमा समस्या हुने गरेको उनको भनाइ छ । कोही महिलामाथि शङ्का लागे सशस्त्र र नेपाल प्रहरीका महिला प्रहरीसँग सहकार्य गर्नुपर्ने श्रेष्ठले बताए । प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार झापामा लागुऔषध कारोवारमा संलग्न महिलाको तुलनामा पुरुष धेरै छन् । लागुऔषध मुद्दामा पक्राउ परेका मानिसलाई आधार मान्दा ९८ प्रतिशत कारोवारी पुरुष नै छन् । त्यसमा पनि युवा उमेर समूहका धेरै छन् । अझ जिल्ला कारागार झापाको तथ्याङ्क हेर्ने हो भने लागुऔषध प्रयोगकर्ताको अवस्था झापामा भयावह छ ।

    जिल्ला कारागार झापामा भएका एक हजार १९६ कैदीबन्दीमध्ये जबर्जस्ती करणीपछि लागुऔषध मुद्दाकै धेरै कैदीबन्दी छन् । कारागारको तथ्याङ्कअनुसार लागुऔषध मुद्दामा १७ महिला स्वदेशी कैदीबन्दी र एक जना विदेशी महिला कैदीबन्दी रहेको जिल्ला कारागार झापाले जनाएको छ । यता लागुऔषध मुद्दामा २८३ जना स्वदेशी पुरुष कैदीबन्दी रहेका छन् । यीमध्ये १२५ कैदी र १५८ थुनुवा छन् । लागुऔषध कारोवारमा २१ विदेशी पुरुषसमेत झापा कारागारमा रहेका छन् । यीमध्ये ११ कैदी १० थुनुवा छन् । यसरी झापा कारागारमा एक विदेशीसहित १८ जना महिला र २१ विदेशीसहित ३०४ जना पुरुष कैदीबन्दी रहेका छन् ।

    झापामा दिन प्रतिदिन लागुऔषधको कारोवार बढ्दै जानु र कुलतमा फस्नेको सङ्ख्या पनि थपिँदै जाँदासमेत स्थानीय तहले लागुऔषध नियन्त्रणका क्षेत्रमा काम गर्न सकेका छैनन् । पूर्वाधार विकासलाई नै पहिलो प्राथमिकतामा राखेका झापाका पालिकाले आफ्नो क्षेत्रमा लागुऔषध नियन्त्रणका लागि अहिलेसम्म एउटा पनि कार्यक्रम सञ्चालन गर्न नसकेको सरोकारवालाले बताउँदै आएका छन् ।

    झापामा भएका सबै सुधार केन्द्र निजीस्तरबाट सञ्चालनमा रहेका नेपाल लागुऔषध पुनःस्थापना सङ्घका केन्द्रीय अध्यक्ष गिरीले जानकारी दिए । खुला सिमाना, लागुऔषध परीक्षणका लागि कुनै उपकरण नहुनु, लागुऔषध नियन्त्रण ब्युरोसँग सीमित जनशक्ति हुनुले झापामा लागुऔषध नियन्त्रण गर्न प्रहरीलाई सकस भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    काँग्रेस प्रतिपक्षमै बस्नुपर्छ : नेता केसी

    कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि

    काँग्रेस सरकारमा जानु हुँदैनः नेता सिंह

    ५० मेगावाटका चार जलविद्युत् आयोजना निर्माणाधीन

    भारतीय युवकको शव आफन्तलाई बुझाइने

    व्यासमा भूमिहीनको तथ्याङ्क सङ्कलन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    काँग्रेस प्रतिपक्षमै बस्नुपर्छ : नेता केसी

    कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि

    जोरायलका जङ्गलमा आगलागी

    अपाङ्गको प्रतिभा निखार्न ‘मिस एण्ड मिसेज डिश्याबिलिटी क्वीन’ हुने

    २४ घण्टामा १२० नयाँ संक्रमित थपिए, ८३ ले गरे स्वास्थ्य लाभ

    २४ घण्टामा १२० नयाँ संक्रमित थपिए, ८३ ले गरे स्वास्थ्य लाभ

    संसदीय दलको नेतामा प्रचण्ड चयन

    तीन बुँदे सहमति पालना गर्छौं : विप्लव

    बालुवाटारमा प्रधानमन्त्री ओली र विप्लवबीच भेटवार्ता

    हेटौँडामा मयुरधाप औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढ्यो

    काँग्रेस प्रतिपक्षमै बस्नुपर्छ : नेता केसी

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    ओरालो लाग्यो सुनको मूल्य

    ज्योति लाइफको ६६ लाख कित्ता आइपिओ बिक्री खुला, कति दिने आवेदन ?

    बुद्ध एयरले जनकपुर–अयोध्या उडान गर्ने

    सुदूरपश्चिम प्रदेश जलविद्युत् आयोजनाको हब बन्दै

    तोलामा १ हजारले घट्यो सुनको भाउ

    सेतोखबर बिशेष

    सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने

    सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते विप्लवले सार्वजनिक समारोहलाई सम्बोधन गर्ने काठमाडौं- नेपाल सरकार र विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट...  विस्तृतमा

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑