सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार सामान्य गिरावट भएर ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच चाँदीको मूल्य भने स्थिर रहेको छ । गत ३ दिनयता चाँदीको मूल्य १२६० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको हो ।
सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते विप्लवले सार्वजनिक समारोहलाई सम्बोधन गर्ने काठमाडौं- नेपाल सरकार र विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट... विस्तृतमा