• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन २२, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • काँग्रेस प्रतिपक्षमै बस्नुपर्छ : नेता केसी

      कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि

      जोरायलका जङ्गलमा आगलागी

      अपाङ्गको प्रतिभा निखार्न ‘मिस एण्ड मिसेज डिश्याबिलिटी क्वीन’ हुने

      २४ घण्टामा १२० नयाँ संक्रमित थपिए, ८३ ले गरे स्वास्थ्य लाभ

      संसदीय दलको नेतामा प्रचण्ड चयन

      तीन बुँदे सहमति पालना गर्छौं : विप्लव

      सरकार र ‘विप्लव’ नेकपाबीच तीन बुँदे सहमतिमा हस्ताक्षर

      लोमान्थाङमा सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन

      सरकार र चन्द समूहबीचको वार्ताले कालीकोटवासी उत्साहित

      काँग्रेस सरकारमा जानु हुँदैनः नेता सिंह

      बालुवाटारमा प्रधानमन्त्री ओली र विप्लवबीच भेटवार्ता

      ५० मेगावाटका चार जलविद्युत् आयोजना निर्माणाधीन

      भारतीय युवकको शव आफन्तलाई बुझाइने

      हेटौँडामा मयुरधाप औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढ्यो

    होमपेज /  गण्डकी

    बाढीपहिरोको उच्च जोखिममा तनहुँ

    रासस

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७७ माघ ११, आईतबार (१ महिना अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    तनहुँ । यस वर्षकोे बाढीपहिरोका कारण तनहुँमा १४ जनाले ज्यान गुमाए । गत असार र साउनमा परेको वर्षापछि आएको बाढीपहिराका कारण ऋषिङ गाउँपालिकामा पाँच, व्यास नगरपालिकामा छ, भानु नगरपालिकामा दुई र म्याग्दे गाउँपालिकामा एक जनाले ज्यान गुमाए ।

    बाढीपहिराका कारण जिल्लाका दशवटै स्थानीय तहमा थुप्रै घरमा क्षति पुग्यो । त्यसमध्ये २४७ घर भत्किएर बस्न नमिल्ने भयो । जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार भीमाद नगरपालिकामा २९, घिरिङ गाउँपालिकामा आठ, देवघाट गाउँपालिकामा १८, शुक्लागण्डकी नगरपालिकामा २१, भानु नगरपालिकामा ३२, आँबुखैरेनी गाउँपालिकामा छ, बन्दीपुर गाउँपालिकामा १३, म्याग्दे गाउँपालिकामा ४१, ब्यास नगरपालिकामा ७७ र ऋषिङ गाउँपालिकामा दुई घरमा पूर्ण क्षति भयो ।

    जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको तनहुँको विपद् प्रतिकार्य योजना २०७७ अनुसार जिल्लाका अधिकांश स्थानीय तह बाढीपहिराको उच्च जोखिममा देखिएका छन् । स्थानीयस्तरमा हुने विकास आयोजना तथा ठूला पूर्वाधारका आयोजना निर्माण र विकासको चरणमा सम्भाव्य विपद्को अवस्था र त्यसबाट पुग्न सक्ने सम्भाव्य क्षतिलाई विचार गरी विपद् व्यवस्थापनलाई मूल प्रवाहीकरण गर्न सकेमा विपद्को जोखिम न्यूनीकरण गर्न सकिने समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए ।

    “विपद् प्रतिकार्य योजनाले तनहुँमा आइपर्ने जोखिमको सामना तथा विपद्बाट हुने क्षतिको न्यूनीकरणमा ठूलो सहयोग पुग्ने अपेक्षा गरेका छौ”, उनले भने– “विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को कार्यान्वयनको सिलसिलामा सबै स्थानीय तहमा स्थानीय विपद् व्यवस्थापन समितिको गठन प्रक्रिया शुरु भइसकेको छ ।”

    विपद् प्रतिकार्य योजना अनुसार पहाडी तथा भिरालो भू–बनोटका कारण अधिकांश क्षेत्रमा पहिराको बढी जोखिम छ । विगतको घटनाका आधारमा बाढीपहिरो, आगलागी, खडेरीलगायतबाट जोखिम क्षेत्र पहिचान गरिएको विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमाका लागि सङ्कटासन्नता र क्षमताको विश्लेषणका आधारमा आठ वटा विषयगत क्षेत्र निर्धारण गरिएको छ ।

    “यस योजनाले कार्यान्वयन गर्ने संस्था र सहयोगी संस्थाको भूमिका तथा जिम्मेवारी स्पष्ट रुपमा पहिचान गरेको छ”, प्रजिअ आचार्यले भने, “हरेक विषयगत क्षेत्रलाई एक निश्चित् संस्थाले नेतृत्व गरेको छ ।” आपत्कालीन उद्धारका लागि जिल्लामा पर्याप्त मात्रामा सामग्री तयारी अवस्थामा राखिएको छ । कालीभञ्जन गणले सेनानीको नेतृत्वमा बञ्चरो, फायर स्वाटर, फायर रेक, फायर साभेल, एक्सटिङ्गुइसर, क्याराबिनर फिगर, लाईफ ज्याकेटलगायतका सामग्री व्यवस्थापन गरेको छ ।

    जिल्ला प्रहरी कार्यालयले उद्धारका लागि २५ जनाको प्रहरी टोली, ट्युब, नाइलन डोरी, स्ट्रेचर, लाइफ ज्याकेट, कोदालो, गैंची, बञ्चरो, भ¥याङ, सशस्त्र प्रहरी बल नेपाल नं २३ गणले प्रहरी निरीक्षकको नेतृत्वमा प्रतिकार्य स्वयंसेवक व्यवस्थापन परिचालनमा १० जना, प्राथमिक उपचार स्वयंसेवक व्यवस्थापन परिचालनमा सात जना, राहत सामग्री व्यवस्थापनमा ५० जनाको टोली तयारी अवस्थामा राखेको छ ।

    शिक्षा, विकास तथा समन्वय एकाइ, कृषि ज्ञान केन्द्र, सडक डिभिजन कर्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, भू तथा जलाधार व्यवस्थापन कार्यालय, डिभिजन वन कार्यालय, गैरसकारी संस्था महासङ्घ, जलस्रोत तथा सिञ्चाइ डिभिजन कार्यालयलगायतले पनि विपद्का बेला आवश्यक सामग्रीको व्यवस्थापन गरी तयारी अवस्थामा राखिएका छन् ।

    दश स्थानीय तहमा हेलिप्याड

    जिल्लाका दश वटै स्थानीय तहमा विपद् व्यवस्थापन र खोज उद्धार कार्यको स्थानीय आवश्यकता परिपूर्तिका लागि विभिन्न वडामा हेलिप्याड निर्माण गरिएको छ । ठूलो विपद्को घटना भएमा जनतामा सजिलैसँग खाद्यान्न, लत्ताकपडा, औषधि, उपचार सामग्री पु¥याउन हेलिकप्टर अवतरण गर्न सक्ने गरी हेलिप्याड निर्माण गरिएको प्रजिअ आचार्यले जानकारी दिए ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    जोरायलका जङ्गलमा आगलागी

    लोमान्थाङमा सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन

    सरकार र चन्द समूहबीचको वार्ताले कालीकोटवासी उत्साहित

    हेटौँडामा मयुरधाप औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढ्यो

    प्रदेशस्तरीय कोरोना खोप भण्डारगृह शिलान्यास

    भूमिसम्बन्धी समस्या समाधान गरिनेछः अध्यक्ष ज्ञवाली

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    काँग्रेस प्रतिपक्षमै बस्नुपर्छ : नेता केसी

    कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि

    जोरायलका जङ्गलमा आगलागी

    अपाङ्गको प्रतिभा निखार्न ‘मिस एण्ड मिसेज डिश्याबिलिटी क्वीन’ हुने

    २४ घण्टामा १२० नयाँ संक्रमित थपिए, ८३ ले गरे स्वास्थ्य लाभ

    २४ घण्टामा १२० नयाँ संक्रमित थपिए, ८३ ले गरे स्वास्थ्य लाभ

    संसदीय दलको नेतामा प्रचण्ड चयन

    तीन बुँदे सहमति पालना गर्छौं : विप्लव

    बालुवाटारमा प्रधानमन्त्री ओली र विप्लवबीच भेटवार्ता

    हेटौँडामा मयुरधाप औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढ्यो

    काँग्रेस प्रतिपक्षमै बस्नुपर्छ : नेता केसी

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    ओरालो लाग्यो सुनको मूल्य

    ज्योति लाइफको ६६ लाख कित्ता आइपिओ बिक्री खुला, कति दिने आवेदन ?

    बुद्ध एयरले जनकपुर–अयोध्या उडान गर्ने

    सुदूरपश्चिम प्रदेश जलविद्युत् आयोजनाको हब बन्दै

    तोलामा १ हजारले घट्यो सुनको भाउ

    सेतोखबर बिशेष

    सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने

    सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते विप्लवले सार्वजनिक समारोहलाई सम्बोधन गर्ने काठमाडौं- नेपाल सरकार र विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट...  विस्तृतमा

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑