सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७३ जना कोरोना सङ्क्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका– १ की २५ वर्षीया महिला हुन् ।
प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या २०३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा ६४ जना निको भएका छन् भने हालसम्म निको हुनेको सङ्ख्या १४ हजार ६७१ पुगेको छ । प्रदेशमा सक्रिय सङ्क्रमित ४६४ रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते विप्लवले सार्वजनिक समारोहलाई सम्बोधन गर्ने काठमाडौं- नेपाल सरकार र विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट... विस्तृतमा