सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नयाँदिल्ली । कोभिड खोप उत्पादन गरिरहेको भारतको पुनेस्थित सेरम इन्स्टिच्युटमा भीषण आगलागी भएको छ ।
तर यस घटनाले कोभिशिल्ड खोप उत्पादनको काममा असर पुग्ने सम्भावना नभएको बताइएको छ । उक्त इन्स्टिच्युटले बेलायतको अक्सफोर्ड विश्वविदयालय र बेलायती स्वीडीस औषधि कम्पनी अष्ट्राजेनेकासँग मिलेर खोप उत्पादन गरिरहेको छ ।
बिहीबार निर्माण कार्यको क्रममा आगलागी सुरु भएको बताइएको छ । भारतीय मिडियाका अनुसार अहिले आगलागी नियन्त्रणमा लिन दमकल सहित ठूलो संख्यामा अग्नी नियन्त्रकहरु खटिएका छन् । भारतको उक्त इन्स्टिच्युट विश्वकै सबैभन्दा ठूलो खोप उत्पादकको रुपमा चिनिएको छ ।
जुन इन्स्टिच्युट पुनेस्थित एक सय एकड जमिनमा फैलिएको छ । आगलागी भएको मन्जरी कम्प्लेक्स खोप उत्पादन स्थलबाट केही मिनेटको दूरीमा पर्ने बताइएको छ ।
भारतले आज मात्रै नेपाललाई १० लाख डोज भ्याक्सिन पठाएको थियो । यो भ्याक्सिन यही कारखानामा उत्पादन भएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा