सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका महासचिव विष्णु पौडेलले निर्वाचन कसैले रोक्न नसक्ने बताउनुभयो।
कुनै गुटको दवावमा निर्वाचन रोक्न नमिल्ने भन्दै महासचिव पौडेलले तोकिएकै मितिमा निर्वाचन हुने समते बताउनुभयो । निर्वाचनका लागि अनुकूल वातावरण तयार गर्न सबै सञ्चारकर्मीलाई आग्रह गर्दै ओली नेतृत्वकै नेकपाको नेतृत्वमा निर्वाचन हुने बताउनुभयो ।
प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले निर्वाचनका लागि सरकारले सम्पूर्ण तयारी गरेको स्पष्ट पार्नुभयो ।
पौडेलले कोरोनाको खोप सरकारले निःशुल्क उपलब्ध गराउने पनि बताएका छन्।
‘कोरोनाको गुणस्तरीय खोप ल्याउने तयारीमा गरिरहेका छौँ। सरकारले कोरोनाको खोप नि:शुल्क उपलब्ध गराउँछ’ उनले भने, ‘निर्वाचनको तयारी लाग्दा पनि सरकारले कोरोनाको खोप उपलब्ध ल्याउँछ।’
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा