सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । संखुवासभा पाँचखान गाउँपालिका ५ खमारेका तुलसी थापालाई प्रहरीले काठमाडौंको दरबारमार्गबाट मंगलबार पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका ७ मित्रपार्क बस्ने थापाले राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षको परिचयपत्र बनाई ठगी गरेको प्रहरीको आरोप छ । थापाले अमेरिका लैजाने प्रलोभन देखाई १५ लाख रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनले आफु अमेरिका जाँदा मल्टिपल भिसा लगाइदिने प्रलोभन देखाएका थिए ।
थापालाई ठगी सम्बन्धि कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाईएको छ।
सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते विप्लवले सार्वजनिक समारोहलाई सम्बोधन गर्ने काठमाडौं- नेपाल सरकार र विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट... विस्तृतमा