सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटन ‘कू’ हो भनेर कराउनु निरर्थक रहेको बताउनु भएको छ । उहाले अहिलेको अवस्थामा ताजा जनादेशमा जानु नै उपयुक्त हुने दोहोर्याउनु भयो ।
सामाजिक सञ्जालमार्फत प्रतिनिधिसभा विघटन बारे टिप्पणी गर्दै थापाले पछिल्लो घटनाक्रमले १४ वर्षको अभ्यास, संविधानभित्रको अन्तरविरोध, भ्रष्टाचार, कुशासनले अहिलेको व्यवस्थाको औचित्यमाथि प्रश्न उठाएको बताउनु भयो ।
उहाले सामाजिक सञ्जालमा भनेका छन् ‘प्रतिनिधिसभा विघटनवारे विवाद र फरकमत हुनु स्वाभाविक छ,तर विघटनको निर्णयले प्रतिगमन भयो, संवैधानिक कु भयो,सविधानको हत्या भयो भन्ने कोलाहल निरर्थक छ। बरु विगत १४ बर्षको राजनीतिक अभ्यास,संविधानभित्रको अन्तर्विरोध,भ्रष्टाचाररकुशासनले वर्तमान व्यवस्थाको औचित्यमाथि प्रश्नचिन्ह उठेकोछ। यस्तो अवस्थामा ताजा जनादेश उपयुक्त हुन्छ’ ।
संसद विघटनवारे विवाद/फरकमत हुनु स्वाभाविक छ,तर विघटनको निर्णयले प्रतिगमन भयो, 'कु'भयो,सविधानको हत्याभयो भन्ने कोलाहल निरर्थक छ।बरु गत १४बर्षको अभ्यास,संविधानभित्रको अन्तर्विरोध,भ्रष्टाचार/कुशासनले वर्तमान व्यवस्थाको औचित्यमाथि प्रश्नचिन्ह उठेकोछ।यो अवस्थामा ताजा जनादेश उपयुक्त छ
— Kamal Thapa (@KTnepal) January 20, 2021
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा