सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा बढेको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ ।
नेविसंघ अध्यक्ष राजिव ढुंगानाले प्रेस विज्ञप्ति निकालेर नेपाल आयल निगमले सोमबार रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् ।
आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रूपैयाँका दरले मूल्यवृद्धि गरेको थियो ।
नेपाल आयल निगमले भने भारतबाट पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएकाले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलियम पदार्थमा मूल्य बढाइएको बताएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा