सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेपालगन्ज, चैत १ – मधेसी मोर्चाका कार्यकर्ताले बाँकेको खजुरा बजारमा एमाले कार्यकर्ता पुर्याएर फर्किएको खाली गाडीमा तोडफोड गरेका छन् । मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत एमालेको गाडीमा मोर्चाका कार्यकर्ताले गरे तोडफोडमंगलबार नेकपा एमालेले नेपालगञ्जमा सभा गर्ने तयारी गरेको हो । सभामा सहभागी हुन आएका एमाले कार्यकर्ता पुर्याएर फर्केको गाडीमा मोर्चाका कार्यकर्ताले तोडफोड गरेको प्रहरीले जनाएको छ ।
नेपालगन्जको कारकादोमा रहेको सडक डिभिजन परिसरमा केहिबेरमा सुरु हुने सभाका लागि एमाले कार्यकर्ताहरु भेला भएरहेका छन् । सभामा झण्डै ५० हजार जनाले सहभागिता जनाउने एमालेले दावि गरेको छ । एमालेको सभालाई लक्षित गरी मधेसी मोर्चाले बाँके बन्द आह्वान गरेपनि बन्दको प्रभाव समान्य देखिएको छ । सभालाई लक्षित गर्दै नेपालगन्जमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । सभाका लागि एमालेका शिर्ष नेतासहितको टोली सोमबार नै बाँके पुगिसकेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा