सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १९ सय ६५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर गरिएका ४३ सय ६ मध्ये ३२२ जनाको नतिजा पोजेटिभ आएको छ ।
नेपालमा सोमबारसम्म जम्मा संक्रमितको संख्या दुई लाख ६७ हजार ६ सय ४४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३७४ जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६१ हजार आठ सय १८ पुगेको छ ।
हालसम्म क्वारेन्टिनमा २२१ जना छन् भने तीन हजार ८ सय ६१ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा