सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । चैतदेखि बन्द भएकाे काठमाडौं उपत्यकाकाका धेरै विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । कोभिड–१९ को सङ्क्रमणका कारण लामाे समयदेखि बन्द हुँदा पठनपाठनमा समस्या रहँदै आएकाे थियाे ।
पछिल्लाे समय काेभिड कम हुँदै गएको तथा सरकारले समेत चालू शैक्षिक सत्रलाई सदुपयोग गर्ने तयारी गरेअनुसार माघ पहिलो सातादेखि सबै विद्यालय सञ्चालनमा ल्याउन लागिएको हो ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाले आइतबारदेखि सबै विद्यालय खोल्ने निर्णय गरेको नगरका शिक्षा शाखा प्रमुख मनोजकुमार ढकालले जानकारी दिए । भौतिक संरचना तथा विद्यार्थीको सङ्ख्याका आधारमा विद्यालय सञ्चालनबारे विद्यालयले थप निर्णय गर्ने जनाइएको छ । ललितपुर जिल्लाका धेरै स्थानीय तहले पनि आइतबारदेखि नै विद्यालय सञ्चालन गर्ने भएका छन् । ललितपुर महानगरपालिकाले गत महिनादेखि कक्षा सञ्चालन गर्न सक्ने गरी विद्यालयलाई बाटो खोलिदिएको छ ।
काठमाडौंका धेरै स्थानीय तहका विद्यालय पनि माघ पहिलो सातादेखि सञ्चालनमा आउँदै छन् । काठमाडौं महानगरपालिकाले भने विद्यालय सञ्चालन गर्ने औपचारिक मिति घोषणा गरेको छैन । आइतरबार यस विषयमा छलफल गर्न बैठक बोलाइएको र त्यसले निर्णय गर्ने जानकारी महानगरपालिकाका सम्बद्ध अधिकारीले दिएका छन् । पहिलो साताभित्रै महानगरका विद्यालय सञ्चालन गर्ने योजना छ
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा