सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले माघ ११ गते विवाह गर्नुहुने भएको छ । उहाले काठमाडौंमै माघ ११ गते विवाह गर्न लाग्नु भएको उहाको पारिवारिक स्रोतले जानकारी दिएको छ । अमेरिकामा बस्दै आउनु भएकी शेर्पा थरकी युवतिसँग उहाले विवाह गर्न लाग्नु भएको हो ।
विगतमै मुख्यमन्त्री भएपछि आफुले विवाह गर्ने घोषणा राईले गर्नुभएको थियो । पछिल्लो समय प्रदेशसभामा आफ्ना विरुद्ध अविश्वासको प्रस्ताव परिरहेका बेला उहाले विवाह गर्ने निर्णय गर्नुभएको हो । उहाको विवाह काठमाडौंमा हुने भएपनि विवाह भोज भने काठमाडौं र विराटनगरमा गर्ने बुझिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा