सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । कांग्रेस, जसपा र नेकपा (माले) कां नेताहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।
वर्तमान राजनीतिक परिस्थितिमा देशलाई सहि दिशामा डोर्याउने अभियानलाई साथ दिने प्रतिबद्धताका साथ तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका केन्द्रिय सदस्य (हाल नेपाली कांग्रेसका नेता) प्रमोद पटेल, दुर्गा भगवती गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष प्रत्यासी एवम् जसपाका नेता तेजारथ मियाँ, नेकपा (माले) का प्रदेश सदस्य राजेन्द्र प्रसाद साहले आज आ–आफ्नो पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई केपी ओली समुहका प्रदेश २ का अध्यक्ष एवं शहरी बिकास मन्त्री प्रभु साहले स्वागत गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा