सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सरकारले ‘नागरिक एप’ सार्वजनिक गरेको छ । सम्भव भएसम्मका सरकारी सेवा घरबाटै प्रदान गरी नागरिकलाई सहज बनाउनका लागि नागरिक एप सञ्चालनमा ल्याइएको हो ।
शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै मन्त्री पार्वत गुरुङले एप सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको भिडियो सन्देश पनि प्रस्तुत गरिएको थियो ।
एप सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले तीनवर्ष देखिको अध्ययन र अनुसन्धानले नागरिक एपको विकास भएको बताउनुभयो । उहाँले नागरिक एपले नागरिकलाई सहज सेवा दिनुका साथै सरकारी कामलाई सूचना प्रविधिसँग जोड्ने उल्लेख गर्नुभयो । नागरिक एप डिजिटल नेपालको अर्को खुड्किलो भएको उहाँको भनाइ छ ।
सूचनाप्रविधिमार्फत नागरिकका काम हुँदा नागरिकको समय बचत, सरकारी खर्च कटौती र भ्रष्टाचारसमेत कम हुने उहाँको विश्वास छ । उहाँले नयाँ पुस्ता र युवा समुदायलाई डिजिटल नेपालको अभियानमा अग्रणी भूमिका खेल्न आग्रहसमेत गर्नुभएको छ ।
एपमार्फत सवारी कर, लाइसेन्स, लोकसेवा, मालपोत, लगायतका अन्य सरकारी सेवाका कार्यहरू गर्न सहज हुने बताइएको छ । एप्लिेकेसनमा बिस्तारै सुधार गर्दै लैजाने र सम्पूर्ण सरकारी सेवाहरु यसै एपमार्फत सञ्चालन गरिने छ । यस्तै सरकारी सेवाहरूको साथै अर्धसरकारी क्षेत्रका कामहरु पनि यस एप्लिेकसनमा समावेश गर्दै लगिने मन्त्रालयले जनाएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा