सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले प्रधानमन्त्री ओली र जी न्युज तत्काल माफी माग्नु पर्ने माग गरेको छ ।
सहसंयोजक रञ्जित तामाङले एक प्रेस विज्ञप्ति जारी गर्दे सगरमाथामाथि अत्यन्तै आधारहीन , रहस्यमय र कपोकल्पित ढंगले पेश गरिएको दावीलाई खारेज गरेको बताएको छ ।
सहसंयोजक तामाङले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री केपि ओलीले वालुवटारमा वोलाएर अन्तर्वार्ता दावी गरेको छ ।
‘नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वाभिमानका विरुद्ध लगातार रुपमा विषवमन गर्दै आएको जी न्युजले आफ्ना कर्तुत उपर कुनै प्रायश्चित नगर्दै प्रधानमन्त्री स्तरवाटै वालुवटारको पटाङ्गिनीमा त्यसका प्रधान सम्पादकलाई नै रातो कार्पेट विछ्याएर स्वागत गरिएको परिघटनाले हामीलाई थप आशंकित र आक्रोशित तुल्याएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘सगरमाथा सदैव नेपाल र नेपाली जनताको शीर ,शान र पहिचान हो र रहिरहनेछ । देशको पहिचान माथिको गिद्धेदृष्टि हामीलाई अस्वीकार्य छ ।
अनेरास्ववियूले चौधरी र उनको संचारसंस्थालाई यस खालको भ्रामक र तथ्यहिन समाचार सम्प्रेषण नगर्न र अविलम्ब माफी माग्न आग्रह समेत गरेको छ ।
‘यस संगसंगै संविधान लत्याएर प्रतिगमनको वाटोमा हिडेका प्रधानमन्त्री ओलीलाई सत्ता टिकाउने नाममा राष्ट्रिय स्वाधीनता र स्वाभिमानमा गम्भीर आंच पुर्याउने ब्यक्ति र संस्थाहरुसंग रहस्यमय र अपारदर्शी भेटघाट र सांठगांठ नगर्न चेतावनी दिन चाहन्छौं ।’ ‘विज्ञप्तिमा भनिएको छ, ‘यसका साथै प्रधानमन्त्री ओलीलाई चौधरीसंगको भेटवारे तत्काल जनतालाई स्पष्ट पार्न , आइन्दा त्यस्ता कुटनीतिक मर्यादा बिपरितका भेटघाट नगर्न र यसअघि गरेको कुटनीतिक मर्यादा बिपरितका भेटघाटबारे जनता समक्ष अविलम्ब माफी माग्न जोडदार माग गर्दछौं ।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा