सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा गत वर्ष नेपालमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण विजेताहरुको बर्चश्व रहेको छ ।
पौडीकी गौरिका सिंह उत्कृष्ट महिला, २ स्वर्ण जितेका कराँतेका मन्डेकाजी श्रेष्ठ उत्कृष्ट पुरुष खेलाडी बने ।
सागमा कराँतेमा दोहोरो स्वर्ण जितेका मण्डेकाजी श्रेष्ठ बर्षको उत्कृष्ट पुरूष खेलाडी बने । उनले फुटबलका विकेश कुथु, गल्फका सुवास तामाङ, एथ्लेटिक्सका गोपी चन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठलाइ पछि पारे ।
यस्तै सागमा चार स्वर्णसहित ९ पदक जितेकी पौडीकी गौरीका सिंह बर्षको उत्कृष्ट महिला खेलाडी बनिन् । उनले तेक्वान्दोकी दोहोरो स्वर्ण पदक जितेकी आयसा शाक्य, कराँतेकी अनु अधिकारी, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै उत्कृष्ट बनिन् ।
भोटिङका आधारमा भएको पिपल्स च्वाइस अवार्डको विजेता भलिबलकी कप्तान अरुणा शाही बनिन । उनले सर्वाधिक धेरै मत ल्याउँदै यो अवार्ड जितिन । अरुणाले कुल मतमा ३७ दशमलव ५२ प्रतिशत भन्दा बढि मत पाइन ।
उत्कृष्ट युवा खेलाडीको अवार्ड सुवास तामाङले जिते । उनले सागमा २ स्वर्ण जितेका थिए । सुवास तामाङ उत्कृष्ट युवा तथा एकै खेलबाट सर्बाधिक १२ स्वर्ण दिलाउने तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिए ।
सागमा ऐतिहासिक रजत पदक र एसियन सेन्ट्रल जोन भलिबलमा स्वर्ण जितेको राष्ट्रिय महिला टोलीलाई टिम अफ दि इयरको रुपमा सम्मान गरियो ।
टेवलटेनिसका ऐतिहासिक पदक विजेताद्वय गीत क्षेत्री र सिजरिन शाहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरियो ।
तेक्वान्दो खेलका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठ यसवर्ष उत्कृष्ट प्रशिक्षक चुनिए । यस वर्षको स्पेसल अवार्ड दुईजना खेलाडीले पाए । उनीहरु दुवै सागका स्वर्ण विजेता हुन् र आआफ्नो खेलका लागि विशेष पदक जित्ने कीर्तिमानी खेलाडी पनि हुन् ।
यस वर्षका लागि स्पेसल अवार्ड एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यलाई संयुक्त रुपमा प्रदान गरियो । सन्तोषीले सागमा महिला १० हजार मिटर दौडमा नेपाललाई ऐतिहासिक स्वर्ण दिलाएकी थिइन् ।
आमा खेलाडीका रुपमा सागमा २ स्वर्ण जितेर उनी समग्र महिलाहरुकै मार्गदर्शक बनिन् । उनले तेक्वान्दोको पुम्सेतर्फ एकल र टिम स्पर्धामा स्वर्ण जितेकी हुन् ।
पारा एथ्लिट अवार्डबाट यस वर्ष हुवीलचियर बास्केटबल तथा क्रिकेट खेलाडी दिगमसिंह चेम्जोङलाई सम्मान गरियो ।
हरेक वर्षको विश्व खेलकुद पत्रकार दिवस, जुलाइ २ मा आयोजना हुँदै आएको अवार्ड कोरोना महामारीका कारण यस वर्ष ६ महिना पछि धकेलिएको हो ।
हंसराज हुलासचन्द एण्ड कम्पनीको मुख्य प्रायोजन रहेको अवार्डका वर्ष खेलाडी पुरुष, महिला, युवा खेलाडी र वर्ष प्रशिक्षकका विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाएका छन् । अन्य विधाका विजेताले ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
वर्ष २०७६ भरि गरेको प्रदर्शनका आधारमामा १० विधामा अवार्ड प्रदान गरिएको हो । वर्षको उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, स्पेसल, लाइफटाइम अचिभमेन्ट, पिपुल्स च्वाइस, प्यारा एथ्लिट सम्मान, टिम अफ द इयर र अन्तर्राष्ट्रिय खेलकुद पत्रकारिता अवार्ड समावेश थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा