सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । साताको पहिलो र दोस्रो दिन लगातार घटेको सुनको भाउ तेस्रो दिन आज आज भने ६ सयले बढेको छ।
आज बढेर छापावाल सुन प्रतितोला ९२ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि सोमबार छापावाला सुन तोलाको ९२ हजार २ सयमा कारोबार भएको थियो।
त्यस्तै मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सयमा कारोबार भएको छ। त्यस्तै आज चाँदीको मुल्यमा पनि तोलामा २० रुपैयाले बढेको छ। आज चाँदी प्रतितोला १२ सय ५० मा कारोबार भइरहेको महासंघले जनाएको छ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा