सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय फुटबल टिमका पूर्व गोलरक्षक लोकबहादुर शाहीको निधन भएको छ ।
विभिन्न रोगबाट पिडित शाहीको दैलेखस्थित चौरटामा आईतबार साँझ निधन भएको हो ।
पूर्व गोलरक्षक शाहीले सन् १९७९ देखि १९८८ सम्म राष्ट्रिय टिमबाट खेलेका थिए ।
शाही अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व महासचिव समेत हुन् ।
एन्फा सहित विभिन्न संघमा आबद्ध भएर काम गरेका शाही कर्णाली क्षेत्रबाट राष्ट्रिय फुटबल टिमका स्थान बनाउने पहिलो खेलाडी हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा