• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • उदारतापूर्वक भारतले खोप दिएकोमा प्रधानमन्त्री ओलीद्वारा आभार व्यक्त

      अर्थमन्त्रीको दाबी– राजनीतिक घटनाले आर्थिक सुधारमा असर पार्दैन

      पार्टीमा समर्थकको भूमिका अतुलनीय छ : मुख्यमन्त्री पोखरेल

      चितवनमा एकैदिन २५ फरार अभियुक्त पक्राउ

      ६ महिनामा साढे ६ खर्बको आयात

      २४ घण्टामा ३३६ संक्रमित थपिए, २२६ संक्रमणमुक्त, ४ जनाको मृत्यु

      कोरोना भ्याक्सिन बनाउने विश्वकै ठूलो कारखानामा भीषण आगलागी

      गत महिना मुलुकभर १६५ महिला तथा बालिकामाथि भए हिंसा

      शान्तिका लागि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छः पहाडी

      अझै पाएनन् उखु किसानले बाँकी रकम

      अन्नपूर्ण संरक्षण क्षेत्रमा ‘बहुप्रवेश अनुमति’ को झञ्झट

      हुम्लामा दुई दिनदेखि हवाई उडान प्रभावित

      मुलुक निर्वाचनमा गइसक्यो, कसैले रोक्न सक्दैन : विष्णु पौडेल

      सुदूरपश्चिम विश्वविद्यालयमा पठनपाठन शुरु

      अज्ञात रोगका कारण मर्न थाले कुखुरा

    होमपेज /  मुख्य समाचार

    आज २९९ औँ पृथ्वी जयन्ती, को हुन पृथ्वीनारायण शाह ? छोटो जिवनी सहित

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २७ पुष २०७७, सोमबार ०७:३७
    अनुमानित पढ्ने समय : २ मिनेट
    फाईल तस्विर

    काठमाडौं। आज २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ।

    १७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा चार दर्जनबढी साना साना राज्यलाई जोडेर नेपालको एकीकरण गरेका थिए। उनले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए। यहि योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ। भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ।

    २००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२/०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको हो। सरकारले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन छाडे पनि नागरिक स्तरबाट भने विभिन्न कार्यक्रम भने हरेक वर्ष हुने गरेका छन्।

    पृथ्वी जयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएकामा हाल कटौती गरिएकामा पुनः बिदा दिई देशभर मनाइनु पर्ने माग हुन थालेको छ।

    को हुन पृथ्वीनारायण शाह ?

    श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह (वि.सं.१७७९-१८३१) शाहबंशीय राजा थिए। स-साना राज्यहरूमा बाँडिएका बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्।

    उनी बाल्यकालदेखि नै अत्यन्तै शूरवीर, तेजवीर, बुद्धिमान् तथा मेहनती थिए। सुरूदेखि नै उनलाई रामायण, महाभारत र पछि गएर शुक्रनीतिको ज्ञान दिइएको थियो। धनुवाण, तरबार, घोडसवारी दौड आदिमा पनि उनी निपूर्ण थिए।

    पृथ्वीनारायण शाह ले ससाना क्षेत्र जस्तै (भिरकोट, कास्की, लम्जुङ्ग गोरखा) मा राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गरिदिए र आधुनिक नेपालको जग बसालेका थिए। पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भयो। पछि नेपाल अंग्रेज युद्ध पछि सुगौली सन्धि सम्म यो भू-भाग नेपाल अधिनस्थ थियो। नेपालको इतिहासका शीर्षस्थ एवम् श्रदेय पुरूष पृथ्वीनारायण शाहले वि.सं. १८३१ माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा देहत्याग गरे पनि नेपाल एकीकरण अभियान बुहारी रानी राजेन्द्र लक्ष्मी, छोरा बहादुर शाह लगायतले अगाडि बढाइ रहे।नेपाल एकीकरण अभियानको पूर्णविराम चाँही यिनका पनाती राजा गिर्वाण युद्ध विक्रम शाहका पालामा भएको नेपाल-अङ्ग्रेज एङ्गलो-नेपाल युद्ध (१८१४–१६) पछि भयो। वि.सं. १८७३ सालमा सुगौलीको सन्धि नहुञ्जेल सम्म पुरा ७२ वर्षसम्म एकीकरण अभियान चल्यो ।

    यिनको पहिलो विवाह मकवानपुरकी राजकुमारी इन्द्रकुमारीसंग भएको थियो। गोरखा र मकवानपुर विच ओहोर दोहोर गर्नु पर्दा उपत्यकाको भूबनोट र त्यहाँको आर्थिक अवस्थालाई उनले राम्रोसँग नियाले। त्यस बखत गोरखाका १२०० घरधुरीका जनतालाई ६ महिना खान पुग्ने अन्नपात वा आर्थिक हैसियत थिएन। त्यसैकारणले उनले अन्नपातले सम्पन्न र उन्नतिशील काठमाडौँ उपत्यकालाई विजय गर्ने मनसाय बनाईसकेका थिए।   वि.स १७९८ मा काठमाडौँ आएका पृथ्वीनारायण शाहले गोरखा दरबारको तर्फबाट ल्याएका पगरी भक्तपुरका राजा रणजित मल्ललाई दिए भने त्यसको कदरस्वरूप रणजित मल्लले राजकुमार वीरनरसिंह मल्लसंग उनको मितेरी लगाई दरबारमा स-सम्मान लामो अवधिसम्म राखेका थिए। गोरखा फर्किदा चाँगुनारायण, पशुपति र गुहेश्वरी पशुपतिनाथको दर्शन गर्न गएको कुरा थाहा पाई काठमाडौँका राजा जयप्रकाश मल्लले उनलाई दरबारमा ल्याई मितेरी लगाएका थिए।

    उनको पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग वि.सं. १७९४ मा भएको थियो। मकवानपुर त्यसबेलाको एक शक्तिशाली राज्य भएकाले त्यससँग नाता जोडेर राजनीतिक लाभ लिने उद्देश्यले यो विवाह भएको थियो। तर, पछि हेमकर्ण सेन ले असमर्थता जनाए। उनको दोस्रो विवाह काशीका अभिमानसिंह राजपुतकी छोरी नरेन्द्रलक्ष्मीसँग भएको थियो। नरेन्द्रलक्ष्मीबाट प्रतापसिंह शाह र बहादुर शाहको जन्म भएको थियो।

    वि.सं. १७९९ मा राजा नरभूपाल शाहको मृत्यू भएपछि पृथ्वीनारायण २० वर्षको उमेरमा गोरखाका राजा भए। राजा हुनुअगावै उनले वि.स. १७९८ मा काठमाडौँ उपत्यकाको राजनीतिक रहनसहन राम्रोसँग अध्ययन गरिसकेका थिए। पृथ्वीनारायण शाहको काठमाडौँ उपत्यका र पूर्वी क्षेत्र विजय गर्ने इच्छा रहेकाले आफ्ना प्रवल विरोधी शक्ति लमजुङका राजा रिपुमर्दन शाहसंग वि.स. १७९९ मा एक सन्धि गरे जस अनुसार दुवै राज्यवीच मैत्री सम्बन्ध कायम गर्ने कास्कीको अर्घामाथि कब्जा गर्न सफल भएमा त्यहाको काठ कास्कीलाई दिने आदि शर्तनामा उल्लेख थिए।

    पिता नरभूपालको एकीकरणको सपना साकार पार्न वि.सं. १८०० मा विराज थापा मगर र महेश्वर पन्तको नेतृत्वमा उनले नुवाकोट आक्रमण गराए तर नुवाकोटबाट गोर्खालीहरूले पराजयको सामना गर्नु पर्यो।

    नुवाकोटको युद्धमा पराजयको सामना गर्नुपरेकाले आवश्यक हातहतियारहरू सङ्कलनार्थ पृथ्वीनारायण शाह वनारस पुगे। पिता नरभूपालले पुण्य प्राप्त गरून् भनी काशीको यात्रा गरी आफ्नो भारद्वाज गोत्रबाट काश्यप गोत्रमा गोत्र परिवर्तन गरे। सोहि बेलामा तिर्थ गर्न भनी गएका जाजरकोटका राजा हरी शाहसंग उनले राज्यविस्तार गर्दा गोरखा र जाजरकोटले एक अर्कालाई वाधा र कुभलो नचिताउने कुराहरू बारे सन्धि गरे।

    दोस्रो पटक पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा कालु पाण्डेको सेनापतित्वमा नुवाकोटमाथी हमला गरे। यस पटक गोर्खाका १२-२० वर्षसम्मका सबै युवाहरूलाई सशस्त्र तयारी गरीएको थियो भने सैनिकहरूको संख्या १ हजार भन्दा माथि थियो। यीमध्ये केहि सैनिक खेतालाहरूको रूपमा नुवाकोट पुराइएको थियो। तत्पश्चात कालु पाडेले नुवाकोट रक्षा तैनाथ रहेका जयन्त राणालाई गोर्खामा मिल्नुबाहेक उनको लागि अन्य भलाइ नभएको पत्र पठाए। तर जयन्त राणाले काठमाण्डौ पुगी गोर्खालीहरूबाट सम्भावित आक्रमणको जानकारी दिंदै थप सैनिक र हातहतियार माग गरे। तर उपत्यकामा इन्द्रजात्राको चहलपहल रहेकाले जयप्रकाश मल्लले जयन्त राणाको मागको उपेक्षा गरे। जयन्त राणाको छोरा शंखमणी राणाले नुवाकोटको सुरक्षामा तैनाथ रहेकको समयमा गोरखाबाट पृथ्वीनारायण शाह, दलदर्मन शाह, चौतारा विष्णु शाह, काजी शुरप्रताप शाह आदिले नुवाकोटलाई घेरा हाली एकैपटक आक्रमण गरे। दलदर्मन शाहको हातबाट शखमणी राणाको मृत्यु भयो र पृथ्वीनारायण शाहले नुवाकोटमाथि विजय प्राप्त गरे। नुवाकोटमा गोरखालीहरूको कब्जा भएकाले नुवाकोटका सिपाहीहरू भागि वेलकोटमा अड्डा जमाई बसेकाले कालु पाडेको तत्काल हमला नगर्ने सल्लाहलाई उपेक्षा गरी पृथ्वीनारायण शाहले वेलकोटमा हमला गरे। जयन्त राणा यहाँ पक्राउ परे।

    पृथ्वीनारायण शाहले नेपाल एकीकरणको महायात्रा सुरू गरी र कैयौँ स्थानलाई नेपाल राष्ट्रमा गाभेर ४ वर्ण र ३६ जातको फूलबारीको सृष्टि गरे। पृथ्वीनारायणको उद्देश्यलाई युगको मागका रूपमा इतिहासकारहरूले हेरेका छन्। तत्कालीन बाइसे र चौबीसे राज्यहरू, उपत्यकाका विभाजित मल्ल राज्यहरू, पूर्वका किराँत र लिम्बुआन क्षेत्रहरू सबैतिर एउटा सशक्त राष्ट्रवादी शक्तिको आवश्यकता बढ्दै गएको थियो, जसको स्थान पृथ्वीनारायण शाहले पाएका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    २४ घण्टामा ३३६ संक्रमित थपिए, २२६ संक्रमणमुक्त, ४ जनाको मृत्यु

    अझै पाएनन् उखु किसानले बाँकी रकम

    मुलुक निर्वाचनमा गइसक्यो, कसैले रोक्न सक्दैन : विष्णु पौडेल

    ट्रम्पले ह्वाइटहाउस छोडे

    कोरोना सङ्क्रमण देखिएको एक वर्षपछि नेपालमा खोप

    मानवअधिकार आयोगको अध्यक्ष हुँ भन्दै ठगी गर्ने तुलसी थापा पक्राउ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    उदारतापूर्वक भारतले खोप दिएकोमा प्रधानमन्त्री ओलीद्वारा आभार व्यक्त

    अर्थमन्त्रीको दाबी– राजनीतिक घटनाले आर्थिक सुधारमा असर पार्दैन

    पार्टीमा समर्थकको भूमिका अतुलनीय छ : मुख्यमन्त्री पोखरेल

    चितवनमा एकैदिन २५ फरार अभियुक्त पक्राउ

    ६ महिनामा साढे ६ खर्बको आयात

    २४ घण्टामा ३३६ संक्रमित थपिए, २२६ संक्रमणमुक्त, ४ जनाको मृत्यु

    अझै पाएनन् उखु किसानले बाँकी रकम

    मुलुक निर्वाचनमा गइसक्यो, कसैले रोक्न सक्दैन : विष्णु पौडेल

    ट्रम्पले ह्वाइटहाउस छोडे

    कोरोना सङ्क्रमण देखिएको एक वर्षपछि नेपालमा खोप

    उदारतापूर्वक भारतले खोप दिएकोमा प्रधानमन्त्री ओलीद्वारा आभार व्यक्त

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    अर्थमन्त्रीको दाबी– राजनीतिक घटनाले आर्थिक सुधारमा असर पार्दैन

    ६ महिनामा साढे ६ खर्बको आयात

    भक्तपुरको सिरुटारमा नेपाल बंगलादेश बैंकको शाखा विस्तार

    नेपालमा रासायनिक मल कारखाना खोल्न गृहकार्य सुरु

    अन्तर्राष्ट्रिय व्यापारमा अर्को सातादेखि एकद्वार प्रणाली, अनुमति लिन कार्यालय धाउनु नपर्ने

    सेतोखबर बिशेष

    ‘जेटका दुई पाइलट थियौं तर ओलीले एक्लै जहाज उडाउन खोजे’: प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको विवादलाई लिएर पदसँग जोडेर हेर्ने गरिएकोमा आपत्ति...  विस्तृतमा

    नेपालमा पनि नयाँ प्रजातिको कोरोना भाइरस फेला

    मिस मंगोल जाङमु शेर्पासँग वैवाहिक सम्बन्धमा बाँधिदै मुख्यमन्त्री शेरधन राई

    ‘कोभिशिल्ड’ खोपलाई आपतकालिन प्रयोग गर्न नेपाल सरकारले दियो अनुमति

    जी न्यूजले माफी माग्दै भन्यो: ‘माउन्ट एभरेस्ट नेपालकै हो र नेपालकै रहनेछ’

    जी न्युजको नेपाली राष्ट्रियतामाथि निरन्तर प्रहार, भन्यो ‘सगरमाथामा पनि भारतले दाबी ठोक्नुपर्छ’

    आज २९९ औँ पृथ्वी जयन्ती, को हुन पृथ्वीनारायण शाह ? छोटो जिवनी सहित

    नेपाली भूभाग समेटेर नयाँ नक्सा छापेपछि मविरुद्ध षड्यन्त्र शुरु: प्रधानमन्त्री ओली

    सेयर बजारले बनायो इलोन मस्कलाई संसारकै सबभन्दा धनी

    उपत्यकामा हालसम्मकै उच्च वायु प्रदुषण, घर बाहिर ननिस्कन सरकारको आग्रह

    सर्वाेच्चलाई प्रधानमन्त्रीको जवाफ: संसद विघटन राजनीतिक विषय हो, न्यायिक निरुपण आवश्यक छैन (पूर्णपाठ)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑