सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौंँ । नयाँ वर्षमा फिल्म ‘चिसो वर्ष’ छायाँकन हुने भएको छ । फिल्म ‘चिसो वर्ष’ नयाँ वर्ष २०७८ वैशाखदेखि छायाँकनमा निस्कने भएको हो । फिल्म छायाँकनका लागि निर्माण युनिटले अहिले तयारी गरिरहेको बताएको छ । फिल्म मीन भामले निर्देशन गर्न लागेका हुन् । फिल्म वैशाखबाट छायाँकनमा जाने गरेर अहिले तयारी भइरहेको निर्देशक भामले बताएका छन् । केही समयपछि फिल्मको सम्पूर्ण जानकारी सार्वजनिक गर्ने आफ्नो योजना रहेको छ उनले भने ।
उनले यो फिल्म ५ अगाडि घोषणा गरेका थिए । लगानी अभावका कारण फिल्म अगाडि बढ्न सकेको थिएन । कान्स, लोकार्न लगायत विभिन्न महोत्सवमा यसको कथाले ३ करोड बढीको रकम जितेपछि अहिले निर्माण अगाडि बढ्न लागेको जनाइएको छ ।
‘चिसो वर्ष’ ले हराएका श्रीमान् खोज्न हिडेकी गर्भवती महिलाको कथा बोल्नेछ । यस अगाडि ‘कालो पोथी’ फिल्म बनाएर थुप्रै अन्तर्राष्ट्रिय अवार्ड जितेका भामको यो फिल्मले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको नाम चिनाउने अपेक्षा गरिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा