सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ । मुक्तिनाथ विकास बैंकले चौधौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आ.व. २०७६/७७ को वार्षिक प्रतिवेदन, आ.व. २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्ताव पास गरेको छ । आव ०७६/७७ को नाफाबाट सेयरधनीलाई ४.२५ प्रतिशत नगद लाभांस र ११ दशमलब २५ बोनस सेयर सहित १५ दशमलव ५० प्रतिशत लाभांस वितरण गर्ने सामान्य तथा विषेश प्रस्ताव पनि पषरित गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । सोही समारोहमा बैंकका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीले शुभकामना मन्तव्य राखेको बैकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकले कोरोना महामारीको विषम परिस्थितिमा भर्चुअल माध्यमबाट पनि सेयरधनीलाई सहभागिता गराएको थियो । सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आव २०७६÷७७ को वार्षिक प्रतिवेदन उपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका सेयरधनीले राखेका जिज्ञासाको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेको पनि बैकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा