सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्वीटर अकाउन्टलाई स्थायी रुपमा बन्द गरिदिएको छ ।
क्यापिटल भवन हिंसापछि सोशल मिडिया साइट ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्टलाई स्थायी रुपमा बन्द गरेको हो । ट्वीटरले भविष्यमा अरु हिंसा नहोस भनेर यो कदम चालेको बताएको छ ।
ट्वीटरले यसबारे जानकारी दिँदै लेखेको छ, ‘उनले हालै गरेका ट्वीटलाई सूक्ष्म तरिकाले समीक्षा गर्दै र हालको घटनालाई मध्यनजर गर्दै हिंसा भड्काएको र जाखिमका कारण हामीले राष्ट्रपति ट्रम्पको अकाउन्ट स्थायी रुपमा प्रतिबन्ध गरिदिएका छौं ।’
निजि एकाउन्ट बन्द भएको केही समयपछि नै ट्रम्पले राष्ट्रपतिको आधिकारीक एकाउन्ट बाट ट्वीट गरे तर यसको केही मिनेटमा नै ट्वीटरले यसलाई पनि हटाइदिएको छ ।
यसअघि पनि ट्वीटरले ६ जनवरीमा डोनल्ड ट्रम्पको ट्वीटर अकाउन्टलाई १२ घण्टाका लागि प्रतिबन्ध लगाइदिएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा