सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर मुलुकको नक्सा छापेपछि प्रचण्ड माधव नेपाललगायत भीम रावलसम्मले आफूविरुद्ध षड्यन्त्र शुरु गरेको आरोप लगाएका छन् । शुक्रवार धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन् ।
नेपालको भूभाग समेटेर जुन दिन हामीले नक्सा छाप्यौं, संविधान संशोधन गर्यौं त्यहि दिनदेखि यिनीहरुको टाउको दुख्यो । उनले भने यहि प्रदेशको एउटा मान्छेको टाउको दुख्यो । नक्कली राष्ट्रवादी, पदका लागि लड्नेहरु पद पायो भनेमात्र खुसी हुन्छन् भन्ने देखियो ।
उहाँले रावलको नाम नलिई भन्नुभयो,‘अछामको एउटा केटो बाटो हिड्दा हिड्दै पुलिसले समातेर जेलमा ल्याएपछि आफूले जेलमा राजनीति सिकाएको हुँ ।’
पद नपाएपछि रावल आफ्नो विपक्षमा मनपरी बोल्दै हिडेको उहाँको भनाइ छ । ओलीले थप्नुभयो, ‘मैले मन्त्री बनाएको बेला त केपी ओली ठिक थियो । तर पछिल्लो पटक एउटै प्रदेशबाट सधैं एउटैलाई मात्र नबनाउने भनेँ । मैले मन्त्री बनाउन नमानेपछि उहाँलाई पिर पर्यो । आज सुदूरपश्चिमले चार जना मन्त्री पाएको छ, सम्भवतः यो आजसम्मकै पहिलो रेकर्ड होला ।’
नेकपा ओली समूहले आयोजना गरेको सभालाई सम्बोधन गर्न ओली आज धनगढी पुग्नुभएको हो । सभास्थल वरपर सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
काठमाडौँ । बालुवाटार जग्गा प्रकरणमा पटक पटक नाम जोडिएपछि पूर्व मुख्यसचिव लीलामणि पौडेलले तथ्यपत्र सार्वजनिक गर्नुभएको छ । पौडेलले पत्रपत्रिका र सामाजिक संजालमा... विस्तृतमा