• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मलाई अध्यक्ष बनाउने समूहमा गएर पार्टी एकता गर्छुः वामदेव गौतम

      कोरियाली प्रायदिपको शान्तिपूर्ण पूनमिलनको बातावरण बन्दै : कुटनितिक बिज्ञहरु

      घोषणा गरेकै समयमा चुनाव हुनेछः प्रधानमन्त्री ओली

      प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दै मङ्गलबार

      नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ३२ खर्ब ८७ अर्ब

      जनताका बीचमा गएर नयाँ जनमत लिने अवसरः गृहमन्त्री थापा

      ‘प्रधानमन्त्रीबाट पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान’: कांग्रेस

      २४ घण्टामा थप ३३९ जनामा कोरोना पुष्टि, ४०१ संक्रमणमुक्त, १० जनाको मृत्यु

      कुवेतको लुलु एक्सचेन्जबाट ‘मेगा रेमीट’ सेवा

      आठ जिल्लामा एकैसाथ कोरोना खोप अभियान सुरु गरिने

      बहिरा कलाकारद्वय सुजल बम र श्रद्धा भुसाललाई अवार्ड

      नेपाल एयरलाइन्सका पाइलटले गरे पदमार्ग सफाइ

      झापामा लागुऔषध नियन्त्रणमा समस्या

      हात्तीले भत्कायो आरक्ष विस्थापितका झुपडी

      नेपालको वन विकास क्षेत्रमा सघाउन इजरायल तयार

    होमपेज /  गण्डकी

    भैँसेगौंडामा भेटिए ११५ प्रजातिका चरा

    रासस

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २४ पुष २०७७, शुक्रबार १६:०२
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    गण्डकी । मिलेनियम ट्रेक (सहस्राब्दी पदमार्ग) अन्तर्गत स्याङ्जाको पुतलीबजार नगरपालिका–२ भैँसेगौंडामा ११५ प्रजातिका चरा भेटिएका छन् । तनहुँको दुलेगौंडा हुँदै स्याङ्जाको रामबाछा जोडिने सो पदमार्गमा ११५ प्रजातिका चरा फेला परेको प्रकृतिका साथीहरू संस्थाको आयोजनामा हालै सम्पन्न अध्ययन अनुसन्धानका क्रममा भेटिएको हो ।

    चराको अध्ययन अनुसन्धान गर्न आयोजित १९ दिने वन्यजन्तु अनुसन्धान विधि तालीममा देशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने १३ जना सहभागीले प्रत्यक्षरुपमा चरा, पुतली आदिको अध्ययन एवं अवलोकन गरेका थिए । “तालीमका क्रममा सहभागीले जङ्गलमा रहेका चरा, पुतली एवं स्तनधारी प्राणीको पहिचान, तिनको अनुसन्धान विधि आदिबारे जानकारी प्राप्त गरेका छन्”, प्रकृतिका साथीहरूका निर्देशक राजु आचार्यले भने, “सहभागीलाई चरा, पुतली एवं स्तनधारी प्राणी सम्बन्धमा जानकार विषय विज्ञबाट पनि अध्यापन गराएको थियो ।”

    कोरोना महामारीलाई दृष्टिगत गर्दै संस्थाले तालीमपूर्व सहभागीको पिसिआर परीक्षण गरेको थियो भने तालीम अवधिमा स्वास्थ्य सुरक्षा मापदण्डलाई कार्यान्वयन गरिएको थियो । संस्थाका तर्फबाट नौ वर्षदेखि तालीम आयोजना गर्दै आएको जानकारी दिँदै आचार्यले यसअघि पर्वतको चित्रे र नवलपरासीमा तालीम सम्पन्न भइसकेको बताए ।

    अघिल्लो वर्ष भैँसेगौंडामा गरिएको लाटोकोसेरो महोत्सवले यस स्थानको गरिमा र महत्वलाई बढाएको बताउने मिलेनियम भैँसेगौंडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङ वन्यजन्तु अनुसन्धान तालीमले यहाँको पर्या–पर्यटनको विकासमा अझै योगदान पु¥याएको बताउँछन् । “भैसेगौंडा मात्र नभई समग्र सहस्राब्दी पदमार्गमा चरा पर्यटनका धेरै सम्भावना रहेको कुरा पुष्टि भइसकेको छ”, उनले भने “चरा पर्यटनको सम्भावनालाई उजागर गर्न पोखरा पक्षी समाजसँगको सहकार्यमा चरा गणना कामलाई पनि जारी राखिएको छ ।”

    पदमार्ग क्षेत्रमा गरिएको हालसम्मको अध्ययनबाट १३७ प्रजातिका चरा पाइएको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए । सहस्राब्दी पदमार्गमा ५२ किलोमिटर वन क्षेत्र रहेको छ । यहाँ नेपालमा मात्रै पाइने चरा काँडेभ्याकुर पदयात्रा मार्गका विभिन्न स्थानमा पर्याप्त सङ्ख्यामा देख्न सकिन्छ ।

    पदमार्ग क्षेत्रमा संरक्षणको सूचीमा रहेको लुँइचे, मांसाहारी प्रजातिका चरा पदमार्ग क्षेत्रमा भेटिएका छन् । सुन गिद्ध, डङ्गर गिद्ध, सेतो गिद्धलगायत गिद्धका साथै कोला चित्रा, आसकोटे बकुल्ला, वस्तु बकुल्ला, पौरी वाज, बौडाइ, कालो चिल, काकाकुल, बनवाज, मोरङ्गी चिल, सिम कुखुरा, मलेवा, तामे ढुकुर, कुर्ले ढुकुर, पहाडी हलसो, चित्रकुट, कण्टे सुगा, मधुवा, ढोडे गोकुल, हरित मालकौवा, बिउकुहियो, लेकाली उलुक, कटुसटाउेक मुरलीचरा, कुथुर्के, काष्ठकुट, सुनजुरे काठफोर, लटुुशक विरहीचरी, सानो तामे लाहाँचे, आली चुइयाँ, कोटेरो मुनियाँ, पिराजा बुङ्गेचरालगायतका प्रजातिका चरा भेटिएका छन् ।

    भैँसेगौंडामा मात्रै ११५ प्रजातिका चरा पाइनुले यहाँको पर्यटकीय विकासमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । भैँसेगौंडा नजिकै रहेको राङभाङ (ओढार) लाई पनि पर्यटनसँग जोड्ने लक्ष्यका साथ स्थानीयवासी लागेका छन् । कुनै समय भूतेभ्वाङका रुपमा परिचित स्याङ्जाको बिरुवा गाउँपालिका वडा नं ३ स्थित रहस्यमय भ्वाङलाई स्थानीयवासीले राङ्भाङ भन्दै आएका छन् ।

    सयौँ वर्ष पुरानो अनुमान गरिने भ्वाङलाई साहसिक पर्यटनको गन्तव्यका रुपमा विकास गर्न स्थानीय राङ्भाङ युवा क्लबले सक्रियता देखाएको छ । क्लबका अध्यक्ष बालकुमार गुरुङका अनुसार बूढापाकाले तत्कालीन समयमा ‘त्यस ठाउँमा भूत बस्छ भन्दै’ बालबालिकालाई जान रोक्दथे । भ्वाङको संरक्षण र प्रवद्र्धनमा पहल शुरुआत गरिएको उनले जानकारी दिए । केही युवाले डोरीको सहायताले भ्वाङमा प्रवेश गरी विसं २०७० मा अध्ययनको प्रयास गरेका थिए ।

    अघिल्लो वर्ष क्लबका अध्यक्ष गुरुङसहितको टोलीले गुफामा डोरीका सहायताबाट पसेर त्यहाँको स्थलगत अवलोकनसमेत गरेको छ । गुफाभित्र वर्षौदेखि फोहोर फालिएको पाइएको बताउँदै गुरुङले यसको सरसफाइ गरी आगामी दिनमा पर्यटकीय स्थलरुपमा उपयोग गरिने बताए ।

    उनका अनुसार डोरीको सहयताले लभगभग ९० फिट गहिराइको भ्वाङमा जान सकिने हुँदा यसलाई साहसिक पर्यटनका रुपमा उपयोग गर्न सकिने देखिएको छ । “भ्वाङबाट ९० फिट तल झरेपछि त्यहाँ फोहरसहितको ठूलो माटाको थुप्रो रहेछ”, अध्यक्ष गुरुङले भने, “त्यहाँबाट अझै १५ फिट तल झरेपछि दायाँ एवं बायाँतर्फ दुईवटा मानिस छिर्न सक्ने अरु प्वाल पनि रहेछन् ।” बूढापाकाले त्यहाँभित्रबाट दायाँतर्फ अघि बढेको प्वाल हुँदै जङ्गलतर्फ र बायाँतर्फको प्वालबाट स्याङ्जाको बिरुवा निस्कन सकिने बताउँछन् ।

    अहिले भ्वाङलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने सोचका साथ राङ्भाङ स्थायी बसोवास भई हाल हङ्कङमा पेशा तथा व्यवसाय गर्दै आएकाको आर्थिक सहयोगमा तारबार गरिसकिएको छ । चरा पर्यटनसँगै यहाँको साहसिक पर्यटनको सम्भावना बोकेको गुफा आदिलाई समेट्दै यहाँ आउने पर्यटकका लागि मिलेनियम भैँसेगौडा सामुदायिक होमस्टमा खान र बस्न सक्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    वाग्मती प्रदेशका १३ जिल्लाका लागि लोकसेवाले माग्यो ठुलो संख्यामा कर्मचारी, विज्ञापन सहित

    हुम्लामा माघ १५ देखि पठनपाठन हुने

    बाढीपहिरोको उच्च जोखिममा तनहुँ

    गण्डकीमा ७३ जना कोरोना सङ्क्रमित थपिए, एकको मृत्यु

    झापा कारागारमा ६० विदेशी कैदीबन्दी

    पर्वतको कुश्मास्थित खुर्कोट सवस्टेशन चार्ज शुरु

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मलाई अध्यक्ष बनाउने समूहमा गएर पार्टी एकता गर्छुः वामदेव गौतम

    कोरियाली प्रायदिपको शान्तिपूर्ण पूनमिलनको बातावरण बन्दै : कुटनितिक बिज्ञहरु

    घोषणा गरेकै समयमा चुनाव हुनेछः प्रधानमन्त्री ओली

    प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दै मङ्गलबार

    नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ३२ खर्ब ८७ अर्ब

    कोरियाली प्रायदिपको शान्तिपूर्ण पूनमिलनको बातावरण बन्दै : कुटनितिक बिज्ञहरु

    घोषणा गरेकै समयमा चुनाव हुनेछः प्रधानमन्त्री ओली

    २४ घण्टामा थप ३३९ जनामा कोरोना पुष्टि, ४०१ संक्रमणमुक्त, १० जनाको मृत्यु

    विप्लव नेतृत्वको नेकपाका नेता अनिल विरही रिहा

    निर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता, पहिलेकै पार्टी यथावत रहने निर्णय

    मलाई अध्यक्ष बनाउने समूहमा गएर पार्टी एकता गर्छुः वामदेव गौतम

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ३२ खर्ब ८७ अर्ब

    कुवेतको लुलु एक्सचेन्जबाट ‘मेगा रेमीट’ सेवा

    वाग्मती प्रदेशका १३ जिल्लाका लागि लोकसेवाले माग्यो ठुलो संख्यामा कर्मचारी, विज्ञापन सहित

    सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

    पुँजीगत खर्च साढे १९ प्रतिशतले घट्यो

    सेतोखबर बिशेष

    बालुवाटार जग्गा प्रकरणमा नाम जोडिएपछि लीलामणि पौडेलले सार्वजनिक गरे तथ्यपत्र

    काठमाडौँ । बालुवाटार जग्गा प्रकरणमा पटक पटक नाम जोडिएपछि पूर्व मुख्यसचिव लीलामणि पौडेलले तथ्यपत्र सार्वजनिक गर्नुभएको छ । पौडेलले पत्रपत्रिका र सामाजिक संजालमा...  विस्तृतमा

    ‘जेटका दुई पाइलट थियौं तर ओलीले एक्लै जहाज उडाउन खोजे’: प्रचण्ड

    नेपालमा पनि नयाँ प्रजातिको कोरोना भाइरस फेला

    मिस मंगोल जाङमु शेर्पासँग वैवाहिक सम्बन्धमा बाँधिदै मुख्यमन्त्री शेरधन राई

    ‘कोभिशिल्ड’ खोपलाई आपतकालिन प्रयोग गर्न नेपाल सरकारले दियो अनुमति

    जी न्यूजले माफी माग्दै भन्यो: ‘माउन्ट एभरेस्ट नेपालकै हो र नेपालकै रहनेछ’

    जी न्युजको नेपाली राष्ट्रियतामाथि निरन्तर प्रहार, भन्यो ‘सगरमाथामा पनि भारतले दाबी ठोक्नुपर्छ’

    आज २९९ औँ पृथ्वी जयन्ती, को हुन पृथ्वीनारायण शाह ? छोटो जिवनी सहित

    नेपाली भूभाग समेटेर नयाँ नक्सा छापेपछि मविरुद्ध षड्यन्त्र शुरु: प्रधानमन्त्री ओली

    सेयर बजारले बनायो इलोन मस्कलाई संसारकै सबभन्दा धनी

    उपत्यकामा हालसम्मकै उच्च वायु प्रदुषण, घर बाहिर ननिस्कन सरकारको आग्रह

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑