• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • पार्टीमा समर्थकको भूमिका अतुलनीय छ : मुख्यमन्त्री पोखरेल

      चितवनमा एकैदिन २५ फरार अभियुक्त पक्राउ

      ६ महिनामा साढे ६ खर्बको आयात

      २४ घण्टामा ३३६ संक्रमित थपिए, २२६ संक्रमणमुक्त, ४ जनाको मृत्यु

      कोरोना भ्याक्सिन बनाउने विश्वकै ठूलो कारखानामा भीषण आगलागी

      गत महिना मुलुकभर १६५ महिला तथा बालिकामाथि भए हिंसा

      शान्तिका लागि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छः पहाडी

      अझै पाएनन् उखु किसानले बाँकी रकम

      अन्नपूर्ण संरक्षण क्षेत्रमा ‘बहुप्रवेश अनुमति’ को झञ्झट

      हुम्लामा दुई दिनदेखि हवाई उडान प्रभावित

      मुलुक निर्वाचनमा गइसक्यो, कसैले रोक्न सक्दैन : विष्णु पौडेल

      सुदूरपश्चिम विश्वविद्यालयमा पठनपाठन शुरु

      अज्ञात रोगका कारण मर्न थाले कुखुरा

      वनका कर्मचारीको प्रश्न : ‘हामीलाई किन फाजिल बनाइयो ?’

      मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

    होमपेज /  प्रदेश नं.२

    वन फँडानीविरुद्ध दिनहुँ खबरदारी

    रासस

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २४ पुष २०७७, शुक्रबार १५:३६
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    महोत्तरी । पुसको कठ्याङ्ग्रिदो जाडोबीच महोत्तरीमा वन फँडानीविरुद्धको खबरदारी भने तातेको छ । जिल्लाको बर्दिबास नगरपालिका–१ को रम्तेलडाँडा सामुदायिक वन रातारात फाँडिएपछि यहाँका आम युवा अहिले खबरदारीमा उत्रेका हुन् । बर्दिबासमा अचेल केही दिनयता दिनहुँजसो वनफँडानी गर्नेविरुद्ध कडा कारवाहीको माग गर्दै बढेको स्वरले माहोल तताएको हो ।

    “कोही भाग्न उम्कन पाइँदैन्, वन फँडानीमा संलग्न सबैलाई कारवाही हुनैपर्छ”, बर्दिबास चोकमा दिनहुँजसोे भेला हुने युवाको सामूहिक स्वर यस्तै गुञ्जन्छ । लाग्दो पुसमै रम्तेलडाँडा सामुदायिक वनको करिब चार बिघा क्षेत्रफलका ४०० भन्दा बढी रुख काटेर वनक्षेत्र नाङ्गो बनाएपछि यहाँका युवाको आक्रोस् बढेको हो ।

    विक्रम सम्वत् २०४३ मा तत्कालीन सरकारले अतिक्रमित वनक्षेत्रको अतिक्रमण हटाएर नाङ्गोडाँडामा वृक्षरोपण गरेको र सो वन २०४९ सालमा रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिमा हस्तान्तरण भएको बर्दिबासवासी झलझली सम्झन्छन् । “मेरा पिताजी वनरक्षक हुनुहुन्थ्यो, म उहाँको हात समाएर कैयौं पटक यो वनमा आएको छु” अहिले पेशाले कानून व्यवसायी रहेका बर्दिबास–१ का बासिन्दा ५० वर्षीय टीकाध्वज खड्काले भने, “पापीहरुले सोतर बनाएछन् , यिनलाई कारवाही हुनैपर्छ ।”

    बस्तीभन्दा परको निर्जन वनक्षेत्रमा रातारात रुख काटेर काठ ओसार्दै गर्दा थाहा पाएपछि स्थानीयवासीको प्रतिवादले वन फँडानी गर्ने भागेका थिए । लगत्तै बर्दिबासका ५१ जना युवाले वन फँडानी गर्नेविरुद्ध अनुसन्धान र कारवाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयमा उजूरीसमेत दिएका छन् । संयुक्त उजूरीबारे अनुसन्धान थालिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयले जनाएको छ ।

    बर्दिबास–१ का लीलामणि आचार्य र कृष्णप्रसाद गौतमले भव्सी नदी किनारको आफ्ना नाउँमा दर्ता रहेको जग्गा वनक्षेत्रमा देखाइ आवश्यक कागजात पुर्याएर वन फँडानी गरेका रहस्यपछि खुल्दै गएको हो । “यहाँ त वन फाँड्नका लागि निकै गृहकार्य पो भएको रहेछ”, वन नजिकैको बर्दिबास–१ कै बासिन्दा ३० वर्षीय विजय पोखरेलले भने, “खोलाको जग्गा वनमा देखाउन बर्दिबास–१ वडा कार्यालय, बर्दिबासस्थित नापी र मालपोत कार्यालय अनि हाम्रै रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नै पो लागेका रहेछन् ।” घटना सार्वजनिक भएपछि अब जोजो संलग्न छन्, सबैमाथि कारवाही हुनैपर्ने विजयको थप माग छ ।

    आचार्य र गौतमले आफ्ना नाउँमा दर्ता रहेको साविक २५ नम्बर बहादुरगञ्ज–३ ‘क’ (हाल बर्दिबास–१) को कित्तानम्बर–३ को ०१–०२–११ (एक बिघा दुई कठ्ठा ११ धुर) क्षेत्रफल जग्गामा आफैंले रोपी हुर्काएको रुख कटानको स्वीकृति माग्दै डिभिजन वन कार्यालय महोत्तरीमा दिएको निवेदनअनुसार कागजात प्रक्रिया पुर्याएर वन फँडानी गरेका अब खुलेको छ । डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रसाद साहले नै फरक भूगोलको दर्ता जग्गा वनक्षेत्रमा देखाएर रुख कटान भएको स्वीकार गरे ।

    “हामीकहाँ (कार्यालयमा) जग्गाको लालपूर्जा, तिरो तिरेको रसिद संलग्न राखेर यो जग्गाको रुख (सिसम, टिक, मसला उल्लेख गरिएको) काट्न स्वीकृतिका लागि निवेदन आयो”, डिभिजन प्रमुख साहले भने, “सोबारे यकिन बुझेर जानकारी गराउन आफ्नै मातहतका अधिकृत खटाएँ , सबै कागज कटान स्वीकृति दिन मिल्ने गरी आए, म पनि झुक्किएँ ।” आफुले जिम्मेवार अधिकृतलाई खटाएको पत्रमै नापी, मालपोत, वडा कार्यालय र वन उपभोक्ता समितिलाई आवश्यक समन्वयका लागि अनुरोध गरेको र सबै ठाउँबाट किटानसाथ काट्न दिन मिल्ने ठहर भएको कागजात आएपछि कटान स्वीकृति दिएको साहको भनाइ छ ।

    “सबै ठाउँमा आफैं पुग्न भ्याइदो रहेनछ, जिम्मेवार अधिकृत र सम्वद्ध निकाय र कार्यालयको कागजमा विश्वास गरेँं”, उनले भने, “मलाई पनि छक्याएछन् ।” यद्यपि लगत्तै यो जालझेलको भनक पाउनासाथ आपूmले तत्काल कारवाही प्रक्रिया बढाएको साहको भनाइ छ । “स्थानीयवासीले हल्लीखल्ली गरेपछि तत्काल आफ्ना मातहतका सो कार्यमा संलग्न कर्मचारीमाथि कारवाही बढाइहाले, अहिले सात जना हाम्रा मातहतका कर्मचारी कारवाही प्रक्रियामा छन्”, झुठो व्यहोरा दिएर रुख कटानको स्वीकृति माग्ने आचार्य, गौतम र रुख काट्न संलग्न सिन्धुलीको सुनकोशी गाउँपालिकाका सन्दिप नेपालीविरुद्ध महोत्तरी जिल्ला अदालतमा मुद्दा दर्ता भई तीनै जनामाथि पक्राउ आदेश जारी भइसकेको डिभिजन प्रमुख साहको भनाइ छ ।

    यस प्रक्रियामा रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शेरबहादुर राउत एक साताअघि नै पक्राउ परिसकेका छन् । अन्य फरारहरुको खोजी भइरहेको डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ । वन फँडानी प्रकरणमा आचार्य र गौतमको दर्ता कायम रहेको जग्गामै रुख रहेको र सो कटान स्वीकृति दिन मिल्ने किटानसाथ सिफारिस गर्ने वडा कार्यालय, मालपोत तथा नापी कार्यालय र अन्य मतियारको पनि खोजी गरिनुपर्ने स्थानीय युवाको माग छ ।

    “जालझेल र षड्यन्त्र गर्ने त अब कागजमै स्पष्ट देखिएका छन् नि १” अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयमा संयुक्त उजूरी गर्नेमध्येका बर्दिबास–१ कै सौरभ खड्काले भन्नुभयो, “अगाडि स्पष्ट देखिएका जो छन् , तिनलाई कारवाही र षड्यन्त्रमा सामेलहरुको खोजी गर्न सम्बद्ध कार्यालय र निकायको तत्परता देखिनुपर्यो ।”

    पूर्व–पश्चिम राजमार्गको बर्दिबास–१ मा रातु पुलबाट भव्सीपुलसम्मको करिब दुई किलोमिटर दूरीको ३०० मिटर माथि (उत्तरतर्फ) भित्ता (पाखा) मा नेवारडाँडा कमीडाँडा, चिहानडाँडा, रातमाटा र रम्तेलडाँडासहित चारवटा सामुदायिक वन क्षेत्र छन् । यी चारैमा भू–माफियाको आँखा गडेको बर्दिबास–१ कै सामाजिक, राजनीतिक कार्यकर्ता शङ्कर फुयाँलले बताए ।

    “रम्तेलडाँडा यसपाली फाँडे, नेवारडाँडा कामीडाँडा पोहोरै फाँडेका छन्” फुयाँलले भने, “अख्तियार, इलाका प्रहरी, इलाका प्रशासन र वनसम्बद्ध कार्यालय यहीं छन् , सब कानमा तेल हालेर बसेका छन् ।” नेवारडाँडा कामीडाँडा वनको १६ बिघे भनिने प्लटमा उच्चतहका राजनीतिक व्यक्तित्व, उच्च सरकारी अधिकृत र ठूलावडा भनिनेहरुले वनक्षेत्र अतिक्रमण गरेर साँध सीमा नै लगाएपछि कारवाही नभएको फुयाँलको आक्रोस् छ ।

    नेवारडाँडा कामीडाँडामा गत वर्षमात्रै प्रदेश–२ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सचिव प्रेमनारायण कँडेलकै उपस्थितिमा गरिएको वन सीमाङ्कनमा करिब पाँच हेक्टर वनक्षेत्र अतिक्रमित भएको बताइएको थियो । तर, अतिक्रमित वनक्षेत्र खाली गराउन डिभिजन वन कार्यालयले कुनै तदारुखता नदेखाउदा वर्सेनी भू–माफियाको मन बढ्दै गएको यहाँका युवा बताउँछन् ।

    यसैबीच हालै फाँडिएको रम्तेलडाँडा वनक्षेत्रको अवलोकन गर्नुभएका प्रदेश–२ का उद्योग, पर्यटन , वन तथा वातावरणमन्त्री रामनरेश रायले भने वन उजाड्ने कसैले छुट नपाउने तथा फँडानी र अतिक्रमणमा संलग्न सबैमाथि कारवाही गरिने प्रतिबद्धता जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    पार्टीमा समर्थकको भूमिका अतुलनीय छ : मुख्यमन्त्री पोखरेल

    चितवनमा एकैदिन २५ फरार अभियुक्त पक्राउ

    गत महिना मुलुकभर १६५ महिला तथा बालिकामाथि भए हिंसा

    शान्तिका लागि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छः पहाडी

    हुम्लामा दुई दिनदेखि हवाई उडान प्रभावित

    सुदूरपश्चिम विश्वविद्यालयमा पठनपाठन शुरु

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पार्टीमा समर्थकको भूमिका अतुलनीय छ : मुख्यमन्त्री पोखरेल

    चितवनमा एकैदिन २५ फरार अभियुक्त पक्राउ

    ६ महिनामा साढे ६ खर्बको आयात

    २४ घण्टामा ३३६ संक्रमित थपिए, २२६ संक्रमणमुक्त, ४ जनाको मृत्यु

    कोरोना भ्याक्सिन बनाउने विश्वकै ठूलो कारखानामा भीषण आगलागी

    २४ घण्टामा ३३६ संक्रमित थपिए, २२६ संक्रमणमुक्त, ४ जनाको मृत्यु

    अझै पाएनन् उखु किसानले बाँकी रकम

    मुलुक निर्वाचनमा गइसक्यो, कसैले रोक्न सक्दैन : विष्णु पौडेल

    ट्रम्पले ह्वाइटहाउस छोडे

    कोरोना सङ्क्रमण देखिएको एक वर्षपछि नेपालमा खोप

    पार्टीमा समर्थकको भूमिका अतुलनीय छ : मुख्यमन्त्री पोखरेल

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    ६ महिनामा साढे ६ खर्बको आयात

    भक्तपुरको सिरुटारमा नेपाल बंगलादेश बैंकको शाखा विस्तार

    नेपालमा रासायनिक मल कारखाना खोल्न गृहकार्य सुरु

    अन्तर्राष्ट्रिय व्यापारमा अर्को सातादेखि एकद्वार प्रणाली, अनुमति लिन कार्यालय धाउनु नपर्ने

    शेयर बजार दोहोरो अंकले बढ्यो, ६१ करोड ४० लाखको कारोबार

    सेतोखबर बिशेष

    ‘जेटका दुई पाइलट थियौं तर ओलीले एक्लै जहाज उडाउन खोजे’: प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको विवादलाई लिएर पदसँग जोडेर हेर्ने गरिएकोमा आपत्ति...  विस्तृतमा

    नेपालमा पनि नयाँ प्रजातिको कोरोना भाइरस फेला

    मिस मंगोल जाङमु शेर्पासँग वैवाहिक सम्बन्धमा बाँधिदै मुख्यमन्त्री शेरधन राई

    ‘कोभिशिल्ड’ खोपलाई आपतकालिन प्रयोग गर्न नेपाल सरकारले दियो अनुमति

    जी न्यूजले माफी माग्दै भन्यो: ‘माउन्ट एभरेस्ट नेपालकै हो र नेपालकै रहनेछ’

    जी न्युजको नेपाली राष्ट्रियतामाथि निरन्तर प्रहार, भन्यो ‘सगरमाथामा पनि भारतले दाबी ठोक्नुपर्छ’

    आज २९९ औँ पृथ्वी जयन्ती, को हुन पृथ्वीनारायण शाह ? छोटो जिवनी सहित

    नेपाली भूभाग समेटेर नयाँ नक्सा छापेपछि मविरुद्ध षड्यन्त्र शुरु: प्रधानमन्त्री ओली

    सेयर बजारले बनायो इलोन मस्कलाई संसारकै सबभन्दा धनी

    उपत्यकामा हालसम्मकै उच्च वायु प्रदुषण, घर बाहिर ननिस्कन सरकारको आग्रह

    सर्वाेच्चलाई प्रधानमन्त्रीको जवाफ: संसद विघटन राजनीतिक विषय हो, न्यायिक निरुपण आवश्यक छैन (पूर्णपाठ)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑