सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । सेञ्चुरी कमर्सियल बैंकले दुईवट मस्कट सार्वजनिक गरेको छ ।
बैंकले व्यवसाय प्रबद्र्घन, पहिचान र प्रचार प्रसार गर्नको साथै बजार बिस्तार गर्नको लागि नामका दुईवटा मस्कट सार्वजनिक गरेको बताएको छ ।
एक पुरुष र एक महिलाको मस्कटले हात जोडेर नमस्ते गरेका छन भने पुरुष मस्कटलाई सरल र महिला मस्कटलाई शताब्दी नाम दिइएको छ ।
अबदेखी सेञ्चुरी बैंकको बैंकिङ्ग अनुभवलाई अझ सरल र सुरक्षित बनाउन र बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधाहरु र तिनका प्रकृयाका बारेमा सरल र शताब्दीले विभिन्न माध्यमबाट ग्राहकहरुलाई जानकारी गराउने छन् ।
सरल र शताब्दीको माध्यमबाट बैंकको लोकप्रियता अभिवृद्धिमा अझेै मद्धत पुग्ने विश्वास बैकले लिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा