सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । बढ्दो चिसोमा ७८ वर्षीय अमिताभ वच्चन हिँडेका तस्विरहरु अहिले भाइरल बनिरहेका छन् । अमिताभले बुधबार आफ्नो ट्विटरमा तस्बिर सार्वजनिक गर्दै माइनस ३३ डिग्री तापक्रम रहेको लद्दाख पुगेको जानकारी गराएका छन् । चिसो मौसममा लगाइने बाक्लो कपडा र चस्मा लगाएको फोटो सेयर गर्दै ट्विट गरेको तस्विर अहिले संसारभर भाइरल बनिरहेको छ । ७८ वर्षको उमेरमा पनि अमिताभको उर्जा देखेर धेरैले उनको तारिफ गरेका छन् ।
एक प्रशंसकले भनेका छन्, ‘प्रिय अमिताभजी, तपाईं कुनै पनि युवाले गर्ने बढी काम गर्नुहुन्छ। मलाई खुशी लाग्छ कि तपाईं यस्तो चर्चामा हुनुहुन्छ। हामी तपाईंलाई माया गर्छौं। तर कृपया आफ्नो स्वास्थको पनि ख्याल राख्नुहोला। हामीलाई तपाईंको खाँचो छ भनेर उनको तस्विरमा प्रतिक्रिया दिएका छन् ।
तस्विर सार्वजनिक गर्दै अमिताभले नयाँ वर्षको अवसरमा लद्दाखमा बनाइएको एक भिडियो पनि बाहिर ल्याएका छन् । पछिल्लो समय अमिताभ बच्चन ‘कौन बनेगा करोडपति’ को सुटिङमा व्यस्त छन् । योसँगै उनी रणबीर कपूर र आलिया भट्टको फिल्म ‘ब्रम्हास्त्र’ मा पनि एकसाथ काम गरिरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
काठमाडौँ । बालुवाटार जग्गा प्रकरणमा पटक पटक नाम जोडिएपछि पूर्व मुख्यसचिव लीलामणि पौडेलले तथ्यपत्र सार्वजनिक गर्नुभएको छ । पौडेलले पत्रपत्रिका र सामाजिक संजालमा... विस्तृतमा