सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको चौधौं वार्षिकोत्सवको अवसरमा मोबाइल बैंकिङ तथा ग्लोबल स्मार्ट प्रयोगकर्ता लक्षित क्यासब्याक योजना ल्याएको छ ।
बैंकको मोबाइल बैकिङ वा ग्लोबल स्मार्ट सेवा लिई हालसम्म कुनै प्रकारको कारोबार नगरेका ग्राहकले ग्लोबल स्मार्ट प्रयोग गरी पहिलोपटकको कुनै पनि कारोबारमा (वालेट लोड तथा मोबाइल टपअप बाहेक) ५० र क्युआरमार्फतको पहिलो भुक्तानीमा १०० नगद प्राप्त (क्यासब्याक) गर्ने बैंकले जनाएको छ ।
यो बैंकले आफ्ना ग्राहकको सुविधा र सन्तुष्टिलाई ध्यानमा राखी यस्ता विभिन्न प्रकारका योजनाहरु ल्याउने गरेको जनाएको छ ।
यो बैंकले ७ वटै प्रदेशका ७३ जिल्लामा २६४ शाखा, २४० एटिएम, २४३ शाखारहित बैंकिङ सेवा, २४ एक्सटेन्सन काउन्टर, १ सिडिएस क्लियरिङ काउन्टर सहित, २३ राजस्व कलेक्सन काउन्टर तथा ३ वैदेशिक प्रतिनिधि÷सम्पर्क कार्यालयसमेत गरी करिब ७९७ सेवा केन्द्रबाट सेवा दिइरहेको छ ।
यसले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत मुलुकबाट रेमिट्न्स ल्याइरहेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा