सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी चैत १० गते चीन भ्रमणमा जाने भएका छन् । प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बनेपछि उनको यो पहिलो चीन भ्रमण हो । प्रधानमन्त्री बनेपछि उनी दुईचोटि भारत गइसकेका छन् ।नेपालस्थित चिनियाँ दूताबासका अधिकारीहरुले सोमबार बिहानै प्रधानमन्त्री प्रचण्डलाई भेटेर चीन भ्रमणको मिति टुगो लगाएका हुन् । भ्रमणको मिति मार्च २३ र २४ का लागि तय भएको परराष्ट्र स्रोतले बतायो ।
यसअघि भारतको गोवामा सम्पन्न बि्रक्स राष्ट्रहरुको सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङवीच भेटवार्ता भएको थियो ।प्रधानमन्त्री प्रचण्ड चीन जानुभन्दा अगाडि नै चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गर्ने चर्चा चलेको थियो । तर, अहिलेसम्म चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण निश्चित भएको छैन ।गोवामा भएको भेटमा प्रचण्डले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण गर्न आग्रह गरेका थिए । चिनियाँ राष्ट्रपतिले चाँडै नेपाल आउने बताएका थिए ।केपी ओली नेतृत्वको सरकारको ठाउँमा प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेपछि प्रतिपक्षी दलका नेताहरुले वर्तमान सरकारलाई भारतपरस्त भएको आरोप लगाइरहेका बेला प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण हुन लागेको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा