सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं– नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराइले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली लागू गर्न दवाव दिने उद्देश्यले देशभरबाट संकलन गरिएको १० लाख सर्वसाधारणको हस्ताक्षर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर बुझाएका छन् ।सोमबार सिंहदरबारमा प्रमलाई भेटेर भट्टराईले १० लाख हस्ताक्षरको ‘पोको’ प्रधानमन्त्रीलाई हस्ताक्षर गरे ।ज्ञापनपत्र बुझाउँदै भट्टराईले नयाँ शक्ति सबै पक्षलाई सहभागि गराएर मात्रै निर्वाचन हुनुपर्ने पक्षमा रहेको भन्दै सोको लागि उचित वातावरण बनाउन प्रमले पहल गर्नुपर्नेमा जोड दिए ।
पहिला संविधान संशोधन र त्यसपछि मात्रै चुनावमा जाँदा उपयुक्त हुने तर्क गर्दै भट्टराईले त्यसो हुन सकेको खण्डमा आन्दोलनरत मधेसी मोर्चालाई पनि सहभातिमा ल्याउन सकिने धारण राखे ।
यस्तै भट्टराईले कञ्चनपुर घटनाको उचित छानबिन गरेर दोषीमाथि कारबाही गर्न आवश्यक पहल गर्न ध्यानाकर्षण गराउँदै सीमा समस्याको दीर्घकालिन समाधान खोज्नुपर्नेमा समेत जोड दिए ।जवाफमा प्रमले सरकार संविधान संशोधन गराउने क्रममा रहेको भन्दै नयाँ शक्तिले उठाउँदै आएको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा पनि दलहरुबीच छलफल गर्ने आश्वासन दिएका थिए ।ज्ञापनपत्र बुझाउनु अघि नयाँ शक्तिले संविधान संशोधन गरी निर्वाचनको वातावरण तयार गर्नुपर्ने, एनसेलबारे सरकारले गरेको निर्णय फिर्ता हुनुपर्ने, भ्रष्टाचारीलाई कार्बाही गरिनुपर्ने, सप्तरी घटनाको छानविन गरी घटनाका दोषीहरुलाई कार्बाही गर्नुपर्ने, भारतसँगको सीमा ब्यवस्थित गर्नुपर्नेलगायतका माग राख्दै माइतिघर मण्डलामा प्रदर्शन समेत गरेको थियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा