सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । नेपाली सेनाले ११ पदमा २९४ जनाका लागि कर्मचारी भर्नाका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले आज एक सुचना प्रकाशित गरी लेखा जमदार, पुजारी हुद, अमलदार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचीकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केश कर्तक र रायस पदहरुको लागी आवेदन माग गरेको हो ।
लेखा जमदारका लागि दरखास्त दस्तुर तीन सय, पुजारी हुद्दा र अमलदार कर्मचारी पदका लागि दुई सय रुपैयाँ तोकिएको छ । अन्य पदमा १ सय शुल्क बुझाएर दरखास्त दिन सकिने छ।
दरखास्त फारम माघ २१ गते कार्यालय समयभित्र बुझाउन सकिनेछ भने दोब्बर दस्तुर बुझाएर माघ २८ गतेसम्म बुझाउन पनि सकिने सुचनामा जनाइएको छ ।
काठमाडौँ । बालुवाटार जग्गा प्रकरणमा पटक पटक नाम जोडिएपछि पूर्व मुख्यसचिव लीलामणि पौडेलले तथ्यपत्र सार्वजनिक गर्नुभएको छ । पौडेलले पत्रपत्रिका र सामाजिक संजालमा... विस्तृतमा